पोखरा, २२ साउन । रुपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माविमा शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच अन्तक्रिर्या भएको छ।
आधारभूत र माध्यमिक तहका छुट्टाछुट्टै दुर्इ चरणमा भएको अन्तर्क्रियामा विद्यालयको शैक्षिक गुणस्तर उकास्न आवश्यक पहलबारे छलफल भएको थियो।
विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले विद्यालयलाई शैक्षिक उन्नति र प्रतिभा प्रस्फुटनको केन्द्रका रुपमा विकास गर्न विद्यालय प्रशासन लागिपरेको बताए। विद्यालय भनेको किताब पढाउने थलो मात्र नभएको भन्दै उनले विद्यार्थीमा अन्तर्निहीत प्रतिभा उजागर गर्न अभिभावकको सकारात्मक साथ आवश्यक पर्नेमा जोड दिए । समयसापेक्ष शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन विद्यालयले पहल गरेको उनले बताए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलबहादुर थापाले विद्यालय, शिक्षक र विद्यार्थीको हितका लागि व्यवस्थापन समिति जुनसुकै कदम चाल्न तयार रहेको भनाइ राखे।
कार्यक्रममा अभिभावक लक्ष्मी अधिकारी, अप्सरा आले, दीपा सुर्खाली, कौशिला नेपाली, मोनिका सुनार, गीता ओझा, दीपक ओझा, रमादेवी ओझा, अनिता ओझा, सीता ओझा, रमा ओझा, भागीरथी ओझा, भुलबहादुर घताने, सुमित्रा सुवेदी, विष्णु सुवेदी, बमबहादुर आले, राजबहादुर आले, कृष्णबहादुर आले, सुनील गुरुङ, हिमलाल ढुङ्गाना, शान्ता तिमल्सेना, दिलममाया परियार, मनकुमारी राना मगरलगायतले विद्यालयलाई सुझाव दिनुभएको थियो। अभिभावकले विद्यालयमा आएका परिवर्तनप्रति खुसी व्यक्त गर्दै अझै सुधार गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा विषयगत रुपमा उठेका प्रश्नको जवाफ शिक्षक रामबहादुर माल, ऋषिराम ओझा, कृष्णा सुवेदी, किशोर भुजेल, होमनाथ सुवेदी, बिना तिमल्सेना, जयराम सुवेदी, हरिप्रसाद सापकोटा, धनबहादुर गुरुङ, शर्मीला ओझा लगायतले दिएका थिए ।
चरणबद्ध रुपमा अभिभावकसँग अन्तक्रिर्या गरेर अघि बढ्ने सोचअनुसार नियमित रुपमा भेटघाट गरिने विद्यालयले जनाएको छ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९