बुटवल, २२ साउन। नेपाल सरकारले निर्माण गरेको विद्यालय क्षेत्र सुधार आयोजनामा १ शिक्षक बराबर ३० जना विद्यार्थी हुनुपर्ने व्यवस्था छ। तराईका जिल्लाको हकमा यस्तो व्यवस्था भएपनि रुपन्देहीमा भने त्यसको दोव्वर विद्यार्थी रहेको एक तथ्यांकले देखाएको छ। यो तथ्यांक अनुसार रुपन्देहीमा विद्यार्थीको तुलनामा शिक्षक निकै कम रहेको पाइएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख दिवाकर भण्डारीले एक शिक्षक बराबर ३० विद्यार्थी हुनुपर्नेमा हाल ६० विद्यार्थी बराबर एक शिक्षक रहेको जानकारी दिए। रुपन्देहीमा अहिले १ लाख ९१ हजार ३६ विद्यार्थी रहेका छन् भने शिक्षक २ हजार ८ सय ७४ रहेका छन। प्राथमिकतर्फ १ हजार ९ सय २८, निम्न माध्यमिकतर्फ ५ सय १० र माध्यमिक तहतर्फ ४ सय ३६ शिक्षक रहेका छन्। त्यसैगरी उच्च मावितर्फ १ सय ६ र प्रविधिक तर्फ ३६ शिक्षक रहेका छन्।
सरकारले शिक्षामा आमूल परिवर्तनको नीति लिएको बताइए पनि यस्ता प्राविधिक विषयमा ध्यान नदिँदा यसको गुणस्तर वृद्धि हुनुको साटो खस्कदै गैरहेको छ।
रुपन्देहीमा प्राविधिक धार सञ्चालन भएका विद्यालय ११, नमूना विद्यालय ६, एनेक्स कार्यक्रम सञ्चालन भएका विद्यालय १, संस्कृत मावि १, गुरुकुल आश्रम ४, मदरसा १ सय १८, सामुदायिक सिकाई केन्द्र ४१, खुला विद्यालय आधारभुत १, माध्यामिक १ तथा प्रौढ विद्यालय आधारभूत १ मावि १ रहेको छ।
अनौपचारिक शिक्षातर्फ सामुदायिक अध्ययन केन्द्र ४७ जसमध्ये नविकरण भएका ४१, निरन्तर प्राप्त कक्षा १ सय ७९, कार्यक्रम सञ्चालन १ सय ७९, कुल सहभागी ३ हजार ५ सय ७५ जसमध्ये महिला ३ हजार ४ सय ८६, पुरुष ८९, दलित ७ सय २० र आदिवासी जनजाति १ हजार ६ सय ४४ रहेका छन्।
त्यस्तै, साउन २३ गतेदेखि हुने एसर्इइको ग्रेड वृद्धिको परीक्षामा रुपन्देहीमा ४ हजार बढीले गणित विषयमा ग्रेडवृद्धिको लागि फाराम भरेका छन्। एसर्इइ परीक्षामा गणित विषयमा प्राप्त भएको ग्रेडप्रति असन्तुष्टि जनाउँदै अहिलेसम्म ४ हजार ६८ जनाले फाराम भरेको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीले जनाएको छ।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९