पोखरा, २२ साउन। मुग्लान रेष्टुरेन्ट एण्ड बार, सभागृहको टिप्स बक्समा संकलित रकम सहारा एकेडेमीलाई प्रदान गरिएको छ ।
रेष्टुरेन्ट आउने ग्राहकले सेवाबाट खुशी हुँदै भ्याट र अतिरिक्त कर बाहेक टिप्स बक्समा खसालेको रकम सहारा एकेडेमीलाई प्रदान गरिएको मुग्लानका संचालक राजमान थकालीले बताए। छ महिनादेखि शुरु रेष्टुरेन्टको टिप्स बक्समा ५ हजार जम्मा भएको र सो रकम एकेडेमीलाई हस्तान्तरण गरिएको उनले बताए । सो रकम सहारा क्लब अध्यक्ष केशव थापा, पूर्व अध्यक्ष विक्रम थकालीलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।
मुग्लानले अष्ट्रेलियाको सिडनीमा २ र पोखरामा १ गरी ३ वटा चेन रेष्टुरेन्ट संचालन गरिरहेको छ। ‘सिडनीका रेष्ट्रेन्टमा जम्मा भएको रकम वाषिर्क रुपमा हामी सोझै सहारा क्लबलाई दिन्छौं,’ थकालीले भने, ‘वाषिर्क ३ लाख जति संकलन हुन्छ र त्यसमध्ये सहाराद्वारा संचालित आहा रारा फुटबलको दोश्रो पुरस्कार राशि २ लाख ५१ हजार समेत त्यही रकमबाट दिँदैआएका छौं।’ सहारा क्लब अध्यक्ष केशव थापाले मुग्लानबाट प्राप्त रकम थोरै भए पनि यो एउटा उदाहरणीय कार्य भएको बताए । ‘मुग्लानले सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावना जागृत गराएको छ, यसको हामी प्रशंसा गछौ,’ उनले भने । सहारा क्लबद्वारा संचालित एकेडेमीले देशभरिका कठिन परिस्थितिका २८ जना बालकलाई अध्ययनसँगै फुटबल प्रशिक्षण गराउँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९