पोखरा, २१ साउन। गण्डकी प्रदेशमा कार्यरत सामाजिक परिचालक आन्दोलित भएका छन्। उनीहरुको असार मसान्तपछि म्याद सकिएको छ। तत्काल पुनर्वहालीको माग गर्दै उनीहरुले माग पूरा नभए संघर्षका कार्यक्रम गर्ने बताएका छन्।
पोखरामा सोमबार पत्रकार सम्मेलन गरी उनीहरुले तीनबुँदे माग अघि सारे। नेपाल सकारको सम्पूर्ण सेवा सुविधा उपलब्ध गर्राई तत्काललाई कार्यालय सहायक पदमा म्याद थप गरी निरन्तरता दिनुपर्ने र योग्यताको आधारमा एकपटक उमेरको हद नलाग्ने गरी दरबन्दी सृजना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्नुपर्नै उनीहरुको माग छ।
माग पूरा नभए आइतबारदेखि रिले अनसन शुरु गर्ने उनीहरुको चेतावनी छ। ‘सबै सामाजिक परिचालकसँग क्षमता छ। सरकारी कर्मचारीसरह काम गर्न सक्छन्,’ नेपाल सामाजिक परिचालक संघका केन्द्रिय महासचिव तेजप्रसाद शर्माले भने, ‘कि कर्मचारी राख्दैनौ भन्नुपर्यो, नभए क्षमतावान सामाजिक परिचालकलाई हटाएर अरु कर्मचारी भर्ती गर्न पाईंदैन।’ उनले केही स्थानीय तहहरुले सामाजिक परिचालकलाई पुनः म्याद थप गरिदिएको भन्दै देशभर म्याद थप हुनुपर्ने माग राखे।
गण्डकी प्रदेशका अध्यक्ष पिताम्बर नेपाली पनि माग पूरा नभए मुख्यमन्त्रीको कार्यालय र संसद भवनमा रिले अनसन बस्ने बताउँछन्। शुरुमा शान्तिपूर्ण आन्दोलन गर्ने हो। हाम्रा माग नसुनिए रिले अनसन देखि आमरण अनसन बस्छौं,’ उनी भन्छन्, ‘सरकार जिम्मेवार हुनैपर्छ। सामाजिक परिचालकको म्याद थप हुनैपर्छ।’ यसअघि पुस १६ गतेदेखि सरकारले सामाजिक परिचालक हटाउने निर्णयगरेपछि निरन्तर आन्दोलन गरेर चैतपछि असार मसान्तसम्म म्याद थप गरिएको हो।
अहिले पनि सरकारले स्थानीय श्रोतबाट सामाजिक परिचालक नियुक्त गर्न सक्ने परिपत्र स्थानीय तहमा पठाएको छ। त्यसकै आधारमा सामाजिक परिचालकहरु आन्दोलित भएका हुन्। उनीहरुले राजनीतिक आस्थाका आधारमा सामाजिक परिचालकमाथि विभेद भएको गुनासो गरे। गण्डकी प्रदेशमा ४ सय ८५ जना सामाजिक परिचालक छन्। सबैले आइतबारदेखि पोखराकेन्द्रित आन्दोलन गर्ने तयारी गरिरहेको सामाजिक परिचालक संघ गण्डकीकी सचिव भावना श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार माग सम्बोधनका लागि दबाब दिन सरिता केसी भट्टर्राईको संयोजकत्वमा संघर्ष समिति नै गठन भएको छ।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
धनराज र मञ्जु जीत नजिक
पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९