केदारेश्वरमा भक्तजनको घुइँचो

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७५
bolbom

पोखरा, २१ साउन । केदारेश्वर मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । शिवलिङ्गमा पवित्र जल, दूध चढाउँदै भगवान् शिवको पूजा आराधना गर्न साउने सोमबार भक्तजनको घुइँचो लाग्ने गरेको हो ।

विगत १५ वर्षेखि निरन्तर चल्दैआएको बोलबम जलयात्रामा पनि भक्तजनको भीड बाक्लो छ । गाउँ गाउँबाट भक्तजन बोलबम जलयात्रामा सहभागी हुँदै केदारेश्वर मन्दिर दर्शनार्थ आउने गरेको बोलबम संयोजक शंकर खरालले बताए ।

साउनको तेस्रो सोमबार मन्दिर परिसरमा भक्तजनको घुइँचोले आयोजकलाई व्यवस्थापनमा हम्मे-हम्मे परेको थियो। केटाकेटी, युवायुती र वृद्धवृद्धा भगवान् शिवको दर्शनका लागि हातमा जल बोकेर धैयपूर्वक  पालो कुरेर बसेका थिए। पूजाआजामा सहजताका लागि आयोजक केदारेश्वर महादेवमणि सेवाश्रम समितिले मन्दिरका चारैदिशाका ढोका बिहानैदेखि खुलाएको मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यले जानकारी दिए।

बोलबममा आउने भक्तजनलाई भजनकीर्तनले समेत उत्तिकै मोहित पार्ने गरेको छ। यस श्रृंखलामा पनि बोलबम भजन समूह, अन्नपूर्ण भजन समूह, दैवीशक्ति खोज तथा अनुसन्धान केन्द्रसहित हेमजाको देवीस्थान भजन समूह, हरिकीर्तन भजन समूह, घाचोक, आर्वा, घार्मीको भजन समूहले भजन कीर्तन गाएको थियो।  यसैगरी, शिव-पार्वती भेषमा ११ जोडी पनि बोलबममा संलग्न रहेको बोलबम संयोजक खरालले जानकारी दिए।

बोलबम र्‍यालीमा सहभागीलाई सहजताका लागि नगरका विभिन्न ठाउँमा पानी, सर्वत, दही, जुस दिएर सहयोग गर्नेहरु पनि उत्तिकै भेटिन्थे। मन्दिर परिसरमा बलदेव दाहालको समूह, तेसापट्टीमा राजभण्डारी ट्रान्सर्फमर, पालिखेचोकमा रोटरी क्लब, सिर्जनाचोकमा सिर्जनाचोक व्यवसायी समिति लगायतले सर्वत पानी तथा दही खुवाएका थिए। मन्दिरमा सदाझै भक्तजनलाई प्रसाद व्यवस्था थियो। यसपालि मारबाडी समाजले निःशुल्क रुपमा प्रसाद व्यवस्था गरेको होे।

यस्तै, अघिल्ला सोमबारमा झैं यसपालि पनि सामाजिक जागरणका लागि नारी समूहले मन्दिर परिसरमा रहेका दीनदुःखीलाई भोजन ग्रहण गराएको अभियन्ता सुष्मा पौडेलले जानकारी दिइन् । अब साउनको चौथो तथा अन्तिम सोमबार २८ गते परेको छ। साउन महिना भगवान् शिवको पूजाआराधना गरे मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ।

Related News

सम्बन्धित समाचार

  • सरस्वतीमा दन्त शिविर

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । नेलम्बो नेपालले पोखरा–१२, ढिकालेथरस्थित सरस्वती आधारभूत विद्यालयमा निशुल्क दन्त शिविर गरेको छ । शिविरमा शिक्षक, विद्यार्थी गरी २…
  • जीविका सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा ३ नदीपुरस्थित जीविका बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारण सभा भएको छ । जिल्ला सहकारी…
  • गैराथर सिल्पा सडकको उद्घाटन

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जनताले प्रत्यक्ष अनुभूत हुनेखालको विकास निर्माणको काम गर्न चाहेको बताएका छन् ।…
  • केआइइसी वुनलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । ढिकुरपोखरीमा भएको आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको उपाधि केआइइसी वुन एफसीले चुमेको छ । बुधबार फाइनलमा हेमजा युनाइटेडलाई ट्राइब्रेकरमा…
  • भारतको चेन्नइमा तीज

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । प्रवासी नेपाली संघ भारत तमिलनाडु पाण्डीचेरि संयुक्त राज्य समितिअन्तर्गत प्रगतिशील महिला समितिले तीज अवसरमा चेन्नईका प्रवासी नेपाली महिलाबीच…

hero news full width