पोखरा, २१ साउन।नेपाल केशरी डा. मणिभद्र मुनिजी महाराजले आफैँलाई नचिन्नु नै मानिसको दुःखको कारण भएको बताएका छन्।
चातुमासको अवसरमा जैन स्थानक भवन एयरपोर्ट पोखरामा आयोजित नियमित कार्यक्रम अन्तर्गत सोमवार आशीवचन प्रदान गर्दै डा. मणिभद्रले मानिसले आफ्नो शक्ति माथि विश्वास नगरेर अरुको साथ खोज्दा र सम्बन्ध बढाउँदै जाँदा पनि दुःख बढ्दै जाने बताए।
मेरो भविष्यको निर्माता म आफैँ हुँ भनेर सर्त्कर्ममा जुट्नु पर्ने बताउँदै उनले भने- जब हामी आफ्नो भाग्य निर्माता अरुलाई बनाउँछौं, त्यही दुःखको कारण बन्छ।
जतिजति सम्बन्ध र सम्पत्ति बढ्दै जान्छ त्यति त्यति दुःख बढ्ने र सम्बन्ध छुटेपछि मात्र मुक्ति प्राप्त हुने उनले बताए।
उक्त कार्यक्रममा अनुज्ञाजी महाराजको पनि प्रवचन रहेको थियो। कार्यक्रममा चातुमास व्यवस्थापन समितिका सचिव सावित्री शर्माले स्वागत मन्तव्य राखेकी थिइन्।
आषाढ पूणिर्माबाट सुरु भएको नियमित प्रवचन कार्यक्रम कार्तिक पूणिर्मासम्म हरेक बिहान ८ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
प्याराग्लाइडिङबाटै टुरिजमपाना विमोचन
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९