पोखरा, २१ साउन। पोखरा महानगरपालिका वडा ४ स्थित नवीन माध्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ।
पोखरा ४, सिर्द्धार्थचोकका कमलराज लामिछानेले बुबा पुष्पराज लामिछाने र आमा रत्नकुमारी लामिछानेको पुण्यतिथिमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको पुष्परत्न अक्षयकोष स्थापना गरेका हुन्।
वडाध्यक्ष शंकरप्रसाद बास्तोलाको उपस्थितीमा लामिछाने र उनकी धर्मपत्नी निर्मला लामिछानेले सोमबार विद्यालयका प्रअ शिरोमणि लामिछानेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे।
वडाध्यक्ष बास्तोलाले लामिछाने परिवारले परोपकार काम गर्दै आएको र वडामा एकमात्र सामुदायिक विद्यालय रहेकोमा प्राथमिकता दिएर अक्षयकोष स्थापना गरेकोमा धन्यवाद दिए। अक्षयकोषबाट आउने रकमले विद्यालयमा अध्यनरत जेहेन्दार विद्यार्थीलाई स्टेशनरी सामाग्री र छात्रवृत्ति प्रदान गरिनेछ।
प्रअ लामिछानेले सो अक्षयकोषबाट विद्यार्थीको मनोवल बढ्ने बताउँदै अक्षयकोष स्थापनामा सघाउनेलाई धन्यवाद दिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९