लमजुङ, १९ साउन । मस्र्यार्ङ्दी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जना किशोर बेपत्ता भएका छन् । प्रहरीले १ जनाको सकुशल उद्धार गरेको छ ।
बेपत्ता हुनेमा मस्र्याङ्दी गाउँपालिका- ९, सिम्पानीका १५ वर्षीय अजित थापा, वेशीशहर नगरपालिका- ६, ममैडाँडाका १५ वर्षकै योगेन्द्र रिमाल रहेको प्रहरीले जनाएको छ।
पौडिन गएका ३ मध्ये मकैडाँडाका १५ वर्षे प्रतीक रिमालको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल पठाइएको उद्धार कार्यमा खटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए। करीब ४५ मिनेट पानीमा पौडिरहेका रिमाललाई नेपाली सेना, प्रहरी र स्थानीयवासीले उद्धार गरेका हुन् ।
उनीहरू वेशीशहर नगरपालिका- १ स्थित चिप्लेटीबाट मस्र्याङ्दी नदीमा पौडीन हाम फालेका थिए । साथीसँगै गएका मकैडाँडा निवासी सुमित रिमाल पौडी नखेली बसेका र साथीहरू वेपत्ता भएपछि प्रहरीलाई तत्काल खबर गरेका थिए । प्रहरीले बेपत्ताको खोजी कार्य जारी राखेको छ । सोही दिन वेशीशहर-१ मा रहेको गाईखुरे झरना र सँगै रहेको मध्यमस्र्याङ्दीको बाँधबाट बनेको तलाउमा नुहाउने तथा पौडी खेल्नेहरुको भीड लाग्ने गर्दछ । नदीमा तीव्र छाल र धमिलो पानी भएकाले हराएकालाई भेट्टाउन कठिन भएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९