मनोज केसी प्रथम मिष्टर पोखरा

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७५
DSC01258

पोखरा, १९ साउन। एनएफबिफ प्रथम मिष्टर पोखरा शारीरिक सुगठन प्रतियोगिताको उपाधि पोखराका मनोज केसीले जितेका छन्।

पोखरा सभागृहमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा अन्य ३५ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि सहित नगद ५० हजार साथमा मेडल र ट्रफि प्राप्त गरेका छन्।

कास्की बोडी बिल्डिङ एण्ड फिटनेश एशोसिएसनले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूलनाराका साथ प्रतियोगिता गरेको हो।

विभिन्न तौल समूहको प्रतियोगिताअन्तर्गत ५५ केजीतर्फ नरजंगसुब्बा गुरुङ प्रथम, मोती गुरुङ द्वितीय र कृष्ण अधिकारी तृतीय भए।

६० केजी तौल समूहतर्फ मौलादिन मियाँ प्रथम, प्रवेश गुरुङ द्वितीय, सुरेन्द्र प्रसाद वर्मा तृतीय, ६५ केजी तौल समूहतर्फ मनोज केसी प्रथम, श्रीधर दर्लामी मगर द्वितीय, विवेक गुरुङ तृतीय भए।

त्यस्तै, ७० केजी तौल समूहतर्फ निशान राना प्रथम, खिमेश गुरुङ द्वितीय, राजकुमार ध्वजु तृतीय, ७५ केजी तौल समूहतर्फ सुजन श्रेष्ठ प्रथम, सिजन गुरुङ द्वितीय, किरण श्रेष्ठ तृतीय र ७५ केजीमाथि तौल समूहमा कृष्ण विक प्रथम, शंकर विक द्वितीय र भरत सुवेदी तृतीय भए।

ती प्रतियोगितामा प्रथमलाई १० हजार, द्वितीयलाई ७ हजार र तृतीयलाई ५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको कोषाध्यक्ष नवीन आलेमगरले जानकारी दिए।

प्रतियोगिताको प्रमुख निर्णायकमा लोकेन्द्र परियार र निर्णायकमा शिवलाल श्रेष्ठ, अजय बज्राचार्य, जीवन घिमिरे, राजेन्द्ररत्न तुलाधर र केशव नागा थिए।

कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य सूर्यबहादुर केसीले यस्ता प्रतियोगिताले युवालाई अघि सार्न सहयोग पुग्ने बताए। उनले खेलकुदको विकासले राष्ट्र विकासमा समेत टेवा पुर्‍याउने उल्लेख गरे।

कास्की बोडी बिल्डिङ एण्ड फिटनेश एशोसिएसनका अध्यक्ष राजुकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव एवं कार्यक्रम संयोजक दीपक बास्तोलाले स्वागत र सदस्य प्रकाश बरालले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • प्रहरी कार्यालयको भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का…
  • अमरसिंहको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह उद्घाटन गर्दै…
  • सेनाले गर्‍यो बम डिस्पोज

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    नवलपुर । पूर्वी नवलपरासीको विनयीत्रिवेणी ५, सर्दीमा फेला परेको बेवारिसे बम नेपाली सेनाले डिस्पोज गरेको छ । आइतबार स्थानीयले खेतमा…
  • तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    पोखरा । स्याङ्जा सेतीदोभानकी सन्तोषी ढकाल पोखरा आएर बसेको करिब १३ वर्ष भयो । सुरुको १० वर्ष मालेपाटनमा बसेकी उनी…

hero news full width