पोखरा, १९ साउन । पोखरा महानगरले निरन्तर चौतारी फडानी गर्न थालेपछि पोखराका अगुवाहरु यसलाई रोक्न एकजुट भएका छन्।
पछिल्लो समय महानगरले सडक विस्तार र विभिन्न आयोजनाका नाममा रुख काटिरहेको छ। पोखरामा शनिबार अन्तरक्रिया गर्दै उनीहरुले महानगरले नियतवश रुख काट्ने काम गरेको आरोप लगाए।
अगुवा विश्व सिग्देलले विकासको बाहनामा निर्ममतापूर्वक रुख ढालिएको भन्दै यसलाई रोक्नुपर्ने बताए। ‘प्रकृतिको मापदण्ड मिचेर बाटो र अरु संरचना बनाइन्छ। पछि चौतारीले मापदण्ड मिच्यो भनेर ढाल्न मिल्दैन,’ उनले भने, ‘मापदण्ड मिचेको चौतारीले हैन, मान्छेले हो। विकासमा अप्ठ्यारो परेको हो भने घर र बाटोको विकल्प खोजियोस्।’
पृथ्वीनारायण क्याम्पसका प्रमुख चन्द्रबहादुर थापाले पुराना रुख संरक्षण गर्नुपर्नेमा उल्टै फँडानी गर्नु प्रकृतिमाथिको आक्रमण भएको बताए। मानव र बनस्पतिसँग घनिष्ट सम्बन्ध रहेको भन्दै उनले मान्छेको अस्तित्व जोगाउन पनि बनस्पतिको संरक्षण हुनुपर्ने धारणा राखे। ‘हामीले लाउने खानेदेखि दैनिकी चलाउन पूरै बनस्पतिमा आश्रति छौं तर तिनै बनस्पतिको महत्व भुलेर धमाधम रुख ढाल्नु क्षम्य कुरा हैन,’ उनले भने, ‘यो काम तत्काल रोकिनुपर्छ।’
नागरिक समाज पोखराले आयोजना गरेको पोखराको ऐतिहासिक बृक्षको वर्तमान अवस्था र संरक्षण विषयक अन्तक्रिर्यामा समाजसेवी कृष्णप्रसाद बरालले पीपललाई राष्ट्रिय रुख घोषणा गर्न माग गरेका छन्। ‘राष्ट्रिय जनावर तोकिएकोले गाई जोगियो। राष्ट्रियतासँग जोडिएपछि अलि माया लाग्छ,’ उनले भने, ‘पीपललाई राष्ट्रिय बृक्ष घोषणा गरौं। यसले पनि संरक्षणमा सहयोग हुन्छ।’ राजनीतिसँग जोडेर प्रकृति विनास गर्न लागेको आरोप लगाएका थिए।
नागरिक समाजका अध्यक्ष विष्णुहरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक कल्याण पन्तले गरेका थिए।
डा कुलराज चालिसेले पोखरा र अन्तर्राष्ट्रिय रुपमा पीपल र ऐतिहासिक बृक्षहरुको वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
Related News
सम्बन्धित समाचार
दुर्गा मन्दिरमा अक्षरयात्रा
आलु महोत्सव लक्षित सरसफाइ
सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान
पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति
लापरवाहीले बढ्यो सडक दुर्घटना
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
चैत्र १९, २०७९स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९