पोखरा, १९ साउन। नेपाल क्षयरोग निवारण संस्था कास्कीको ३८ औं साधारणसभा सम्पन्न भएको छ। संस्थाका केन्द्रीय महासचिव मदनकाजी श्रेष्ठले साधारणसभा उद्घाटन गर्दै क्षयरोगबारे सचेतना अभिवृद्धिको कार्यक्रममा संस्थाको ३७ जिल्ला शाखामध्ये कास्की शाखाले उल्लेखनीय कार्य गरेको बताए।
सरकारले क्षयरोगसम्बन्धी जनतासम्म पुर्याउने सेवा र कार्यक्रमबारे जनचेतना अभिवृद्धिका लागि संस्थाले सहजीकरण गर्ने महासचिव श्रेष्ठको भनाइ थियो।
पोखरा ११ का कावा अध्यक्ष जंगबहादुर हमाल ठकुरीले क्षयरोग नियन्त्रण सम्बन्धमा वडाभित्र हुने हरेका कार्यक्रममा वडा कार्यलयले सहयोग गर्ने प्रतिबद्धता जनाए।
सम्मानित एवं संस्थाका उपसभापति माधवप्रसाद पराजुलीले क्षयरोगबाट आम सर्वसाधारणलाई टाढै राख्न जनचेतना अभिवृद्धि गर्नुपर्ने औंल्याए।
संस्थापक सभापति डा नन्द श्रेष्ठले संस्थालाई जीवन्त बनाइराख्नुपर्नेमा जोड दिए। संस्थालाई आर्थिक रुपमा सवलीकरण गर्न अक्षयकोष स्थापना गर्नुपर्नेमा उनको जोड थियो।
केन्द्रीय सदस्य हीरादेवी शर्माले समुदायमा आधारित कार्यक्रम गरेकोमा कास्की शाखाको प्रशंसा गरिन्। पूर्व सदस्य रामचन्द्र थापाले आर्थिक अभावका कारण पनि संस्थाले स्वयंसेवी रुपमा समाजमा क्षयरोगसम्बन्धी जनचेतना अभिवृद्धि गरेको बताए।
सचिव गणेशबहादुर ढकाल प्रगति र कोषाध्यक्ष पूर्ण रानामगरको आर्थिक प्रतिवेदन साधारणसभाले अनुमोदन गरेको थियो। कार्यक्रममा संस्थाका उपसभापति माधवप्रसाद पराजुली, सचिव गणेशबहादुर ढकाल, संस्थापक सभापति डा नन्द श्रेष्ठ, संस्थापक सदस्य कृष्णबहादुर श्रेष्ठ, आजीवन सदस्य राधादेवी बास्तोला र हाजी नसिरुद्दीन मियाँलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
संस्थाका सभापति केशवराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति माधवप्रसाद पराजुलीले स्वागत र सचिव गणेशबहादुर ढकालले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
रेशम चौधरीसहित ५०१ लाई आम माफी
प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा
भ्रष्टाचारविरुद्ध जनयुद्धको जस्तै मानसिकतामा छु, हेर्नुहोला अझै ठूल्ठूला एक्सन हुन्छन् : प्रधानमन्त्री दाहाल
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
hero news full width
मुख्य समाचार
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०