सामुदायिक प्रहरीको भूमिका महत्वपूर्ण : बोहरा

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७५
samudayik

पोखरा, १९ साउन । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले नेपाल प्रहरीको जनमुखी प्रहरी अभियानमा सामुदायिक प्रहरी सेवाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बैदाम पोखराको शनिबार १७ औ वाषिर्क साधारण सभा तथा नवौं अधिवेशन उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले नेपाल प्रहरीसँगै हातेमालो गर्दै समाजका विकृति-विसंगति निराकरण गर्ने उद्देश्यका साथ स्थापना भएका यस्ता केन्द्र र प्रहरीबीच सम्बन्ध सुमधुर हुनुपर्नेमा पनि दिए ।

बोहराले सामुदायिक प्रहरी समुदायकै लागि भएकाले यसलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा केन्द्रका सामाजिक एवं संस्थागत विकासमा योगदान पुर्‍याउने विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो। उद्घाटन समारोहमा वडाध्यक्षतर्फबाट पोखरा ६ का जगतबहादुर पहारी, नेकपा वडा ६ का अध्यक्ष भीमसेन भुजेल, नेपाली काँग्रेस वडा इकाइ सचिव शिशिर पहारी, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष विष्णु भट्टराई, बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन, राष्ट्रिय महिला पर्यटन व्यवसायी संघका अध्यक्ष लक्की कार्की, समाजसेवी देवका पहारी, पोखरा उपत्यका बृहत् सरसफाइ अभियान संयोजक रामबहादुर पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा वडा प्रहरी कार्यालय बैदाम प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्की, विभिन्न वडा कार्यालयका वडा अध्यक्ष तथा जनप्रतिनिधि, विभिन्न आमा समूह, नागरिक समाज, विभिन्न सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधि, प्रहरी, कर्मचारी, पत्रकार लगायतको उपस्थिति थियो। केन्द्रका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको समारोहमा सचिव चेतनारायण पाण्डेले कार्य प्रतिवेदन प्रस्तुत गरेका थिए। केन्द्र उपाध्यक्ष मीना भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।यसैबीच, अधिवेशनले मीना भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width