छोरेपाटनमा बृहत् सफाइ अभियान

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७५
cleaning

पोखरा, १९ साउन । पोखरामा जारी बृहत् सफाइ अभियानअन्तर्गत ११४ हप्ताको अभियान शनिबार छोरेपाटनमा सम्पन्न भएको छ ।

कार्यक्रममा १८ टन फोहरमैला संकलन गरिएको डेभिजफल क्लबका उपाध्यक्ष पुष्प बरालले बताए ।

अभियानलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, माछापुच्छे्र महिला क्लब, ड्यामसाइड टोल विकास संस्था, डेभिजफल क्लब, युनाइटेड युथ पोखरा, जनप्रिय मावि स्काउट समूह, युथ नर्स संजाल, नेपाल, मितेरी नारी समूह, छोरेपाटन मावि, ओम एकेडेमी छोरेपाटन, एक्स आर्मी मावि, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, डेभिजफल टोल विकास संस्था, गुप्तेश्वर महिला जागरण संस्था, टासिलिङ तिब्बतियन क्याम्प, नारी उत्थान दिदी बहिनी समूह लगायत स्थानीय संघसंस्था र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

यसअघि कास्कीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा र सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी मुरारी बस्नेतलाई समग्र कस्केली समुदायका तर्फबाट गुप्तेश्वर महादेव गुफाका मुल पुजारीले टीका एवं रुद्राक्षको मालाद्वारा स्वागत अभिनन्दन गरेका थिए ।

कार्यक्रममा प्रजिअ बुढाले अभियानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहभागिता जनाउने प्रतिबद्धता जनाए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल र गण्डकी प्रदेश प्रहरीगणका गणपति एसपी लालमणि आचार्यसमेतको विशेष उपस्थिति थियो ।

कार्यक्रममा पोखरा १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।

आगामी ११५ हप्ताको अभियान चिप्लेढुंगा वीपीचोकमा हुने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • प्रहरी कार्यालयको भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का…
  • अमरसिंहको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह उद्घाटन गर्दै…
  • सेनाले गर्‍यो बम डिस्पोज

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    नवलपुर । पूर्वी नवलपरासीको विनयीत्रिवेणी ५, सर्दीमा फेला परेको बेवारिसे बम नेपाली सेनाले डिस्पोज गरेको छ । आइतबार स्थानीयले खेतमा…
  • तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    पोखरा । स्याङ्जा सेतीदोभानकी सन्तोषी ढकाल पोखरा आएर बसेको करिब १३ वर्ष भयो । सुरुको १० वर्ष मालेपाटनमा बसेकी उनी…

hero news full width