पोखरा, १७ साउन। पोखरा महानगरपालिकाले १५ ठेकेदार कम्पनीलाई एकैदिन कारबाही गरेको छ। आर्थिक वर्ष २०७४/०७५ मा टेण्डर लिएर पनि काम नगरेका ठेकेदारलाई महानगरले कारबाही स्वरुप जरिवाना लिइएको हो। महानगरले सञ्चालन गरेका कनेक्टिङ रोडका लागि टेण्डर मार्फत ठेकेदारको जिम्मा लगाइएको थियो। तोकिएको समयमा काम नगरेपछि उनीहरु कारबाहीमा परेका हुन्। महानगरले सबै ठेकेदारलाई पत्र पठाएर जरिवाना बुझाउन निर्देशन गरेको छ। महानगरले गएको वर्ष ३० वटा कनेक्टिङ रोडमा काम गरेको हो। जसमध्ये २६ वटा सडक टेण्डरमार्फत र ४ वटा उपभोक्ता समितिमार्फत काम गरिएको छ। उपभोक्ता समितिका लागि चाहीँ म्याद थप भएको र ठेकेदारलाई कारबाही गरिएको महानगरले जनाएको छ।
पाँच वटा सडकका लागि जिम्मेवारी लिएका कम्पनीले समयमै काम सम्पन्न गरेका छन् भने ३ वटा ठेकदारले तोकिएको म्याद नाघेपछि जरिवाना तिरेरै काम सकेका छन्।
समयसीमा नाघेर काम सम्पन्न गर्ने ३ निर्माण कम्पनीबाट महानगरले जरिवानावापत १ लाख ३० हजार रुपैयाँ जरिवाना असुल उपर गरेको मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए।
बाँकी १८ वटा कम्पनीसँग १७ लाख ३७ हजार रुपैयाँ जरिवाना असुलउपर गरिने उनले बताए। ‘पहिलो प्रयास भएकोले ठेकेदारलाई मात्रै कारबाही गरिएको हो। अको वर्षदेखि समयमा काम नगर्ने उपभोक्ता समिति पनि कारबाहीमा पर्छन्,’ उनले भने।
पोखरा महानगरले उपभोक्ता समितिसम्बन्धी कार्यविधिको मस्यौदा बनाएर कार्यपालिकामा छलफल गरिरहेको छ। काम नसक्ने ठेकेदारलाई नसकिँदासम्म दैनिक कन्ट्याक्ट रकमको ०.०५ प्रतिशतले जरिवाना थपिने उनको भनाइ छ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९