हेमजा, १७ साउन। प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले हतारो पत्रकारिता आमनागरिकका लागि घातक हुने बताएका छन्।
काउन्सिलको आयोजना तथा पत्रकार महासंघ कास्कीको संयोजनमा पोखरामा विहीवार भएको पत्रकार आचारसंहिता जागरण अभियान-२०७५ अन्तर्गत अन्तक्रिर्यामा उनले सो कुरा बताएका हुन् । श्रेष्ठले चाँडो सूचना दिने नाममा हतारमा समाचार सम्प्रेषण गर्दा थुपै गल्ती हुने गरेको औँल्याउँदै त्यस्ता समाचारले आमजनमानसमा सही सूचना नदिने तर्क गरे। उनले नेपालमा खोजी पत्रकारिता हराएको तथा त्यसविरुद्घ गोजी पत्रकारिता मौलाएको भन्दै त्यसको भर्सना समेत गरे। पछिल्लो समय आर्थिक प्रलोभनमा परी स्वयं पत्रकार तथा मिडिया हाउस व्यापारी तथा केही धनाढ्यको दास बन्न पुगेको भन्दै गुनासो समेत उनले पोखे। श्रेष्ठले भदौ १ देखि नयाँ आचारसंहिता आउने जानकारी दिए ।
नेपाल प्रेस इन्स्टिच्युट अध्यक्ष तीर्थ कोइरालाले पत्रकारले अधिकार र कर्त्तव्य दुवैको समान बोध गर्नुपर्ने तर्क सार्दै अबको पत्रकारिता नागरिकमैत्री हुनुपर्नेमा जोड दिए। काउन्सिल सदस्य खिलबहादुर भण्डारीले आफ्नो प्रचारका लागि जथाभावी समाचार नहाल्न सुझाव दिए । विज्ञ समूहका टीकाराम राईले पछिल्लो समयमा प्रविधिको दुरुपयोग बढिरहेको चर्चा गर्दै पत्रकारिता क्षेत्र पनि त्यसबाट अछूतो नभएको प्रष्ट पारे। कार्यक्रममा महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार भरत कोइराला लगायतले कपि पेष्ट पत्रकारिताबाट पोखरेली पत्रकार माथि उठ्न सक्नुपर्ने बताए । जिल्ला वार एशोसियसन कास्की अध्यक्ष सोम श्रेष्ठले कानुनी कुराबारे सहजीकरण गरेका थिए।
महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विमला भण्डारीले स्वागत र सचिव रामप्रसाद तिमिल्सिनाले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९