स्मृतिमा पूर्णबहादुर

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७५

जन्मपछि मृत्यु यो सांसारिक चोला हो।  पूर्व प्रधानपञ्च कप्तान पूर्णबहादुर गुरुङ ९३ वसन्त पार गर्दै २०७५ साउन ७ गते यस धरतीबाट परमधाम हुनुभयो ।

सुखवती भूवनमा साङ्गे होपामें साथ ब्रह्मलीन हुनु भई सम्पूर्ण धनसम्पत्ति छोराबुहारी, छोरीज्वाइँ, दाजुभाउजू, भाइबुहारी, दिदीबहिनी, भाञ्जाभाञ्जी, इष्टमित्र, कुलकुटुम्ब, छरछिमेक सम्पूर्ण समाज छोडेर ब्रहम लिन हुनुभएकोमा हामी मर्माहत भएका छौं।

ब्रिटि्रस आर्मीमा अनवरत ३० वर्षसम्म सेवा गरी हनेरी कप्तान दर्जा हासिल गरेर आफ्नो देश र जन्मथलो बिर्सन नसकी तत्कालीन घम्पुस गाउँ पञ्चायतको प्रधानपञ्च भई १३ वर्षसम्म गाउँको स्कूल, बाटो, कुलो, ढल, मठ, मन्दिर, चौतारा देवी देउरालीका मन्दिर बनाउनु साथै गाउँका अशक्त गरीब कुरुवालाई विवाह, व्रतबन्धदेखि लिएर सुत्केरी, काजकिरिया, अघौं लगायत कार्यको गौडो फुकाई दिई घरजग्गा किन्नसमेत ऋण दिने गाउँकै अभिभावक उहाँ आँखाको नानी हुनुहुन्थ्यो ।

समय बित्दै जाँदा बसाइँ सरी पोखरा-१ सिम्पानी आई बसोबास गरेपछि पनि पोखरा विन्ध्यवासिनी मन्दिरमा प्रतिवर्ष २५ हजार रुपैयाँ दिँदै पाठपूजा गर्दा खाजा खाने रकमसमेत दिने गर्दै आउनु भएको थियो।महायज्ञ लगायतका ठाउँहरुमा पनि उहाँले १ लाख रकम धेरै ठाउँमा दिनुभएको छ। छिमेकी गाउँको विद्यालयमा पनि चन्दा दिनुभएको छ ।

२०६३ सालमा श्रीमती गणेशकुमारी गुरुङको स्मृतिमा लास जलाउने दाउरा राख्ने गोदाम ट्रष्ट बनाउन २ लाख ३ हजार रकम सहयोग गर्नुभएको थियो । सो ट्रष्टले  हालसम्म लास जलाउने दाउरा किन्दै आइरहेको छ।

गणेशकुमारीको स्मृतिमा आफू जीवित रहुञ्जेल प्रत्येक वर्ष वैशाख पूणिर्माका दिन ५० हजार दिने प्रतिबद्धता जनाए अनुसारगत २०७५ वैशाख १७ गते बुद्ध जयन्ति तथा वैशाख पूणिर्माका दिनसम्ममा आफ्नो प्रतिबद्धता साथ दिँदै आउनुभएको थियो। २०७२ सालको श्रीपञ्चमीका दिनदेखि प्रत्येक वर्षको श्रीपञ्चमीमा आमा बाबाको स्मृतिमा ५० हजार दिने भनी प्रतिबद्धताअनुसार सो सहयोग गर्दै आउनुभएको थियो।

गत साउनदेखि स्व. दुर्इ छोरी गंगा-जमुनाको स्मृतिमा ५० हजार दिनुभएको थियो ।

यसरी आफ्नो प्रतिबद्धता जनाई स्वतःस्फूत दान रकम दिई रिटेलिङ वाल अन्य निर्माण कार्यमा दान रकम दिई यस सुखवती बौद्ध गुम्बाको अग्रणी दानदाता रही गुम्बाको सहसंरक्षक भई गोम्बाको प्रगति गराउनको लागि खम्बाको रुपमा रहेका भूपू प्रधानपञ्च कप्तान पूर्णबहादुर गुरुङ यस धर्तीमा रहनुभएन।यस सुखवती बौद्ध गुम्बाका सहसंरक्षक स्वर्गीय पूर्णबहादुर गुरुङको दिवंगत आत्माको चिरशान्तिहोस् र शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी बुद्ध भगवान्सँग प्रार्थना गर्दछौं।

-बमबहादुर गुरुङ (अध्यक्ष)

-माया गुरुङ (सचिव)

सुखवती बौद्ध गुम्बा, पोखरा

Related News

सम्बन्धित समाचार

hero news full width