पोखरा, १७ साउन । लायन्स क्बल अफ पोखरा माउन्टेन सिटिले बुधवार लेखनाथमा अपाङ्गता भएका व्यक्तिलाई हृवीलचियर एवं सेतो छडी प्रदान गरेको छ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठको नारा ‘अपाङगता हाम्रो आत्मीयता’ नारा चरितार्थ गर्दैले क्लबले ७ हृवीलचियर एवं ५ सेतो छडी प्रदान गरेको क्लब सचिव शक्ति बरालले जानकारी दिए।
मदौरेकुनामा रहेको नर्मदेश्वर मोक्ष आश्रममा एक कार्यक्रमको आयोजना गरि लेखनाथको बागमारा र पटनेरीका ४ जना अपांगता भएका व्यक्ति र ५ जना दृष्टिविहीनलाई सो सहयोग गरिएको हो ।
त्यसै, जनप्रकाश माविका कक्षा ७ मा अध्ययनरत अपांगता भएकी छात्रालाई हृवीलचियर प्रदान गरिएको क्लबका संस्थापक अध्यक्ष एवं रिजन चियरपर्सन डोलराज पोखरेलले बताए ।
मोहोरियामा अपांगता भएका २ जना वृद्धाहरुको लागि घरमै पुगी दुर्इ थान हृवील चियर वितरण गरिएको छ।
प्रमुख अतिथि डिष्ट्रिक्ट चिफ पिआरो परमेश्वर बरालले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नारालाई चरितार्थ गर्दै क्लबले उदारणीय काम गरेको भन्दै प्रशंसा गरे ।
क्लब अध्यक्ष हर्कबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियरपर्सन डोलबहादुर थापा, कमिटि कोचियरपर्सन एवं क्लबका निवर्तमान अध्यक्ष कृष्णप्रसाद पराजुली, कमिटि मेम्बर एवं क्लबका सल्लाहकार टुकाराम लामिछाने, कार्यक्रम संयोजक एवं क्लब सल्लाहकार प्रेमबहादुर थापा, नर्मदेश्वर मोक्ष आश्रमधाम व्यवस्थापन समिति अध्यक्ष पितृराज आचार्य, जनप्रकाश माविका शिक्षक लगायतले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
आकस्मिक रक्तदानमा ५३ युनिट रगत
गोरखा र बागलुङका ४ विद्यालयमा कम्प्युटर ल्याब
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमामा ५० प्रतिशत छुट
पढ्न वञ्चितलाई निशुल्क भर्ना
hero news full width
मुख्य समाचार
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
जेठ १४, २०७९गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९