पोखरा, १७ साउन। अनन्त श्री विभूषित जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले ठूला तीर्थ नेपालभित्रै रहेको र तीर्थकै लागि विदेश जानु नपर्ने बताएका छन्।
‘मेचीदेखि महाकाली सम्मै सयौं तीर्थहरु छन्। जसको महिमा हरेक नेपालीले जान्नु र त्यहाँ पुग्नु जरुरी छ,’ जगत्गुरुले भने ‘मल्लिकार्जुन ज्योर्र्तिलि· पनि नेपालमै छ।’
‘आज राष्ट्र धर्धरी रोएको छ । हामीले नै हाम्रो राष्ट्रको महत्व बुझेका छैनौ,’ बालसन्त मोहरणशरणले भने, ‘मेरो संर्घष्ा यसैमा छ ।’
सांस्कृतिक, धार्मिक एवम् राष्ट्र जागरणका लागि पोखरा-१८, लक्ष्मीधारास्थित गोपाल सेवा केन्द्रमा आयोजित प्रवचन कार्यक्रममा नेपालका ऐतिहासिक प्रथम जगत्गुरुले उक्त आशीर्वचन प्रदान गरेका हुन्। पाँच दिवसीय उक्त कार्यक्रमको प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले बिहीवार उद्घाटन गरे।
त्यस अवसरमा प्रमुख अतिथि थापाले भने, ‘आध्यात्मिक ज्ञानले मानिसलाई नैतिकवान बनाउँछ।’
स्वस्थ समाज निर्माणका लागि नैतिकवान नागरिक आवश्यक पर्ने बताउँदै सांसद थापाले नयाँ पुस्तालाई नैतिक र आध्यात्मिक शिक्षा दिनुपर्नेमा जोड दिए।
विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष वेदनिधि शर्माले राष्ट्रिय जागरणका लागि जगत्गुरुले देशमा पैदलयात्रा गर्नुभएको उल्लेख गर्दै संस्कृति हराउँदै गएकोप्रति सबैको चिन्ता भएको बताए।
अध्यक्षको आशनबाट गोपाल सेवा केन्द्रका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद पराजुलीले जगत्गुरुको संकल्प र पोखरेलीहरुको माया ममताबाट केन्द्रको भवन निर्माण भई संरक्षणसमेत हुँदै आएको जानकारी दिए।
कार्यक्रमको सञ्चालन सचिव लक्ष्मीशरण पराजुलीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९