पोखरा, १६ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संघीय सरकारको एकात्मक सोचका कारण प्रदेशलाई काम गर्न कठिन भएको गुनासो गरेका छन् ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरामा बुधबार शिवानन्द कुण्ड समुद्घाटन समारोह उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले अधिकार नहुँदा निरीह भएर बस्नुपरेको गुनासो गरे ।
‘राष्ट्रिय एकता, आर्थिक विकास, मानवीयताको आधारमा अघि बढ्न सकियो भनेमात्र समृद्धि हुन सक्छ,’ उनले भने, मानवसँग नजोडिएको समृद्धि आफैमा समृद्धि होइन ।
‘गण्डकी अस्पतालमा सिटी स्क्यान बिग्रिएको छ, मर्मत गर्न वा नयाँ किन्न संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने हुनाले सोध्नुपर्छ हामीले मात्र सहयोग गर्ने हो । यो न सघीय सरकारले गर्छ न अधिकार दिन्छ,’ उनले प्रत्रि्रश्न गर्दै भने, ‘कसरी हुन्छ विकास ?’ अस्पतालको सिटी स्क्यान खरिद गर्दा १ करोड रुपैयाँ लाग्ने उनले जानकारी दिए । त्यो किन्न नसक्ने गरिब सरकार होइन, सोच र इच्छाशक्तिका कारण रोकिएको मात्र हो । उनले संस्कार, संस्कृति र काम गर्ने शैली अझै नबुझिएको बताए । पोखराका उद्योगपति सुशीलकुमार गोशलीले स्वामी शिवानन्द गोशली बाबा (विष्णुकुमार गोशली) को पुण्यस्मृतिमा ७० लाख रुपैयाँ लागतमा मन्दिर परिसरमा शिवानन्द कुण्ड निर्माण गरेका हुन् ।
पञ्चधारा, फलेचा र मध्यभागमा आशुतोष भगवान् शिवस्वरुप शिवलिंग सहितको अष्टभुजाकारको शिवस्वरुप कुण्ड निर्माण गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई हस्तान्तरण गरियो ।
कार्यक्रममा प्रदेश सांसद मीना गुरुङले विन्ध्यवासिनी यस क्षेत्रकै महत्वपूर्ण धार्मिकस्थल भएको उल्लेख गरिन् ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विन्ध्यवासिनी बाटिकामा निर्माण गरिएको शिवानन्द कुण्डसहितको भौतिक संरचनाले यस क्षेत्रको आकर्षण बढाएको बताए ।
संस्कृतिविद्ध एवं समितिका सचिव तीर्थ श्रेष्ठले मन्दिरको गुठीको २६ रोपनी जग्गामा १ सय जना विद्यार्थीको लागि आवासीय व्यवस्था सहितको भवन निर्माणमा जुटेको जानकारी दिए।
व्यावसायिक शिक्षा प्रदान गरिने उक्त विद्यापीठ निर्माणका लागि १३ करोड लगानी हुने बताउँदै उनले त्यसका लागि प्रदेश सरकारबाट यसै आर्थिक वर्षमा १ करोड २५ लाख विनियोजन भएको बताए।
विन्ध्यवासिनी मन्दिर परिसर आकषिर्त गर्न पार्क, लिफ्ट, पानीको फोहोरा लगायत भौतिक पूर्वाधारहरु निर्माण भैरहेका छन् ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९