पोखरा, १६ साउन । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जिल्लाको शान्तिसुरक्षा र अमनचयन कायम गर्ने विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् । जिल्लामा हालैमात्रै सरुवा भइ आएका प्रजिअ बुढाले बुधबार पत्रकार सम्मेलनमा बोल्दै भने, ‘शान्तिसुरक्षा कायम गर्ने हो, त्यसमा कुनै सम्झौता र ढिलासुस्ती हुँदैन ।’
उनले नागरिकको गुनासो नआउने गरि काम गर्ने र गुनासो आए तत्काल सुधार गरिने बताए । उनले सरकारी कार्यालयमा बिचौलियाको प्रवेशलाई कडाइ गरिने प्रतिबद्धता समेत गरे । कास्कीका मालपोत, यातायातलगायत सबै कार्यालयमा बिचौलिया निषेधलाई कडाइका साथ कार्यान्वयन गरिने उनले बताएका हुन् । मंगलबारबाट जिल्लामा हाजिर भएका प्रजिअ बुढाले सरकारले घोषणा गरेको सिण्डिकेट कास्कीमा पूर्ण रुपमा लागू गर्ने बताए । उनले भने, ‘कास्कीमा समितिको नाममा, एनजिओ, आइएनजिओलगायत नाममा भएका सबै सिण्डिकेट अन्त्य हुन्छ, अब तिनीहरुको नवीकरण हुँदैन ।’
पोखराको पर्यटकीय क्षेत्र फेवाताल तथा बसपार्क लगायत क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमणबारे आफू जानकार भए पनि त्यसमा निर्णय गर्ने आफ्नो क्षेत्राधिकार नभएकाले पोखरा महानगरपालिकाले गरेका निर्णय अनुसार कार्यान्वयन गर्ने जानकारी दिए ।उनले राज्यले दिन नहुने भनेका बाहेक सबै सूचना उपलब्ध गराउने पनि बताए । उनले भने, ‘आवश्यक सबै सूचना उपलब्ध गराउँछौ ।’
बुढा मकवानपुरबाट सरुवा भइ कास्कीमा आएका हुन् । यसअघिका कास्कीका प्रजिअ तारानाथ अधिकारी अद्यागमन कार्यालयमा सरुवा भएका छन् ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९