पोखरा, १६ साउन । पशु स्वास्थ्य तालिम तथा परर्मर्श सेवा पोखराद्वारा संचालित दिगो अश्व कल्याणका लागि मानव आचरण रुपान्तरण तथा कार्यपद्दति सुधार परियोजनाको प्राविधिक सहयोगमा मनाङ निःशुल्क घोडा खच्चर स्वास्थ्य शिविर सम्पन्न भएको छ।
माथिल्लो मनाङका टङ्की, खमसार, ढाका, नरभुमी तथा तल्लो मनाङको कोतो भन्ने ठाउँमा आयोजना गरिएको सातदिने शिविरमा १ सय ४४ पशुधनीका २ सय ८२ घोडा तथा ५१ खच्चरको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो।
मनाङ मस्र्याङदी क्लब र मनाङ समाजको आर्थिक सहयोगमा आयोजना गरिएको शिविरमा उपचार तथा स्वास्थ्य जाँच सेवा प्रदान गर्न संस्थाको तर्फबाट पशु चिकित्सकद्वय नीरन अधिकारी र डा रक्सन कर्माचार्य सहितको चार सदस्यीय प्राविधिक टोली संलग्न थियो । शिविर क्रममा पशुमा मुख्य गरेर सिंगाने र पिसाब बन्द हुने समस्या देखिएको थियो। शिविरमा स्वास्थ्य जाँच र उपचारको अतिरिक्त पशु कल्याणसम्बन्धी सामाजीक जनचेतनामूलक बैठक तथा निशुल्क औषधि वितरण समेत गरिएको थियो। शिविरको संयोजन मनाङका सक्रिय समाजसेवी स्नोमङ्की मुखियाले गरेका थिए।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९