रामानन्द स्वामीको स्मृतिमा कवि सम्मेलनको तयारी

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७५

पोखरा, १६ साउन।ब्रह्मलीन स्वामी डा. रामानन्द गिरीको स्मृतिमा कवि सम्मेलन हुने भएको छ।

पुरुन्चौरको काउरेस्थित अम्बरेश्वर सन्यास आश्रममा यही साउन १९ गते शनिवार सम्मेलन गर्ने तयारी भइरहेको आश्रम व्यवस्थापन समितिका सचिव नारायण अधिकारीले जानकारी दिए।सो आश्रमका पीठाधीशसमेत रहेका डा. गिरी २०७४ असार २४ गते गुरु पूणिर्माका दिन ब्रह्मलीन भएका थिए।

महेश सन्यास आश्रम एवम् महेश संस्कृत गुरुकुल आश्रम देवघाटका संस्थापक डा. रामानन्द गिरीको प्रथम स्मृति महोत्सवका साथै आश्रमकै रजत वर्षको सर्न्दर्भमा पनि यस वर्ष विविध कार्यक्रमको आयोजना गरिएको ब्रह्मलीन स्वामी डा. गिरीका उत्तराधिकारी स्वामी रमणानन्द गिरीले बताए।

अम्बरेश्वर आश्रममा शनिवार हुने कवि सम्मेलनमा पोखरा, काठमाडौं, तनहुँ, चितनवलगायतका क्षेत्रबाट साहित्यकारको सहभागिता रहने जनाइएको छ।

Related News

सम्बन्धित समाचार

  • ढिकुरपोखरीमा तीजमेला हुने

    आदर्श समाज सम्वाददाता श्रावण २६, २०७९
    हेमजा । कास्कीको ढिकुरपोखरीमा यस वर्ष तीजमेला हुने भएको छ । अन्नपूर्णस्थित ढिकुरपोखरी युवा सञ्जालको आयोजनामा सो मेला हुने भएको…
  • फोनिज गण्डकीलाई फुटसल उपाधि

    आदर्श समाज सम्वाददाता श्रावण २६, २०७९
    पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आयोजनामा बुधबार भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ…
  • जातीय भेदभावविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता श्रावण २६, २०७९
    पोखरा । दलित महिला संघ (फेडो) कास्कीको आयोजनामा जातीय भेदभावविरुद्ध कानुन तथा अधिकारसम्बन्धी प्रशिक्षण तथा अभिमुखीकरण भएको छ । कार्यक्रममा…
  • ‘अनुशासित र सभ्य समाज निर्माणमा महानगरको साथ’

    आदर्श समाज सम्वाददाता श्रावण २६, २०७९
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अनुशासित, सभ्य र नैतिकवान समाज निर्माणमा महानगरको सदा साथ रहने बताएका छन् ।…
  • रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । नेपाल रेडक्रस सोसाइटीले पोखरा महानगरपालिकालाई ‘पोखरा जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र’ सञ्चालनका लागि सूचना…

hero news full width