पोखरा, १६ साउन । ला ग्रान्डी इन्टरनेसनल कलेज, पोखराले दोस्रो ‘ला ग्रान्डी एक्स्पो २०१८’ गर्ने भएको छ।
‘बृजिङ एकेडेमी टु कम्युनिटी’ भन्ने नाराका साथ साउन १८ र १९ गते रत्नचोकस्थित क्याम्पस परिसरमा सञ्चालन हुने एक्स्पोमा विद्यार्थीको क्षमता अभिवृद्धिमा टेवा पुग्ने लक्ष्य लिइएको छ।
विद्यार्थीलाई कुनै न कुनै तवरबाट अवसर दिनुपर्छ भनेर एक्सपो सञ्चालन गरिएको कलेजका प्रिन्सिपल इ. किरण केसीले बताए। केसीका अनुसार एक्स्पोले आइटीलाई विशेष जोड दिएको छ भने विद्यार्थीको क्षमता अभिवृद्धि गर्नु मुख्य उद्देश्य हो।
‘यसले विद्यार्थीलाई वास्तविक आवश्यकता पहिचान गरेर त्यसलाई समाधान गर्न सिकाउँछ,’ उनले भने, ‘ला ग्रान्डीले नेतृत्व गरे पनि यो सम्पूर्ण समुदायको कार्यक्रम हो।’
विद्यार्थीको इन्टनसीपका लागि वेष्ट सर्र्भिस प्रालि र सफ्ट टेक प्रालिसँग क्याम्पसले सहकार्य समेत गरेको छ। पहिलो एक्सपो २०१० मा गरिएको थियो।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९