हेमजा, १६ साउन।पोखरा-२५, हेमजा स्थित लाम्पाटा क्षेत्रको हरियो गाँजा बुधवार नष्ट गरिएको छ।
सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेमजाको आयोजनामा भएको सो कार्यक्रममा वडा प्रहरी कार्यालय बगर, टोल विकास समन्वय समिति हेमजा तथा लाम्पाटा स्थित सुनौलो टोल विकास संस्थाले सघाएका थिए। सो अवसरमा संकलित करिब २ क्वीन्टल गाँजा जलाएर नष्ट गरिएको छ।
सामुदायिक प्रहरी सेवा केन्द्र हेमजाकी अध्यक्ष बिष्णु बास्तोलाले सामुदायिकले समाजलाई प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने खालका कार्यक्रम गर्दै आइरहेको चर्चा गर्दै त्यसैको एक अशंका रुपमा गाँजा नष्ट गरिएको भनाइ राखिन्।
उनले गाँजा फडानीबाट स्थानीय युवाहरुले समेत पाठ सिक्नुपर्ने तर्क गर्दै समाजका कुरीति प्रशय दिने छुट कसैलाई पनि नभएको औँल्याइन्।
सुनौलो टोल विकास संस्थाका अध्यक्ष सम्झना थापाले सो क्षेत्रमा गाँजा सारिएको नभई आफै उम्रिएको जानकारी दिँदै गाँजा फडानी गरी नष्ट गर्ने कार्य अत्यन्तै सराहनीय रहेको चर्चा गरिन्।उनले कतिपय अवस्थामा गाँजाकै कारण स्थानीयको घरमा कलह हुने गरेको स्मरण पनि गरेकी थिइन्।
कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र हेमजाकी अध्यक्ष बास्तोलाको अध्यक्षतामा भएको थियो।
Related News
सम्बन्धित समाचार
आज सहिद दिवस
पत्रकार घिमिरेलाई दुर्व्यवहार गर्नेहरुले मागे माफी, आगामी दिनमा यस्ता कार्य नदोहोर्याउने प्रतिवद्धता
पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
हेम्जामा सेती किनारकाे सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइयो
रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९