कोरला-पोखरा-त्रिवेणी सडक

प्रदेश समृद्धिको मुख्य आधार

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७५

पोखरा, १५ साउन। गण्डकी प्रदेशको समृद्धि र विकासका लागि कोरला-पोखरा-त्रिवेणी सडकलाई महत्वपूर्ण आधारका रुपमा लिइएको छ।

चीन र भारतलाई जोड्ने उक्त सडक निर्माणबारे प्रदेशभित्र र बाहिर चासो बढेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ २ ठूला छिमेकी राष्ट्रलाई जोड्ने सो सडक निर्माण समग्र प्रदेशको विकास र समृद्धिका लागि कोशेढुङ्गा सावित हुने बताउँछन्।

सडकको विकासलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको उनले बताए। प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सडक निर्माणका लागि संघीय सरकारसँग आवश्यक सहयोग मागेको छ।

‘कोरालादेखि सुस्तापूर्व त्रिवेणीसम्म सडक निर्माणका लागि चीनको एउटा कम्पनीले निःशुल्क डिपीआर तयार गर्न चासो देखाएको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘आवश्यक लागत आएपछि संघ र प्रदेशबीच समन्वय गरी निर्माण अघि बढाउँछौँ।’ गण्डकी प्रदेशकै त्रिवेणी पुग्नका लागि सडकको अभाव भएकाले पोखराबाट चितवन हुँदै प्रदेश ५ को बर्दघाट पुग्नुपर्ने बाध्यता रहेकाले उक्त सडकले पूर्णता पाएपछि पोखराबाटै सिधँै दक्षिणको त्रिवेणी र उत्तरको कोरला पुग्न सकिने मुख्यमन्त्री गुरुङ बताउँछन्। सो क्षेत्रको स्थलगत निरीक्षणपश्चात उनले भने, ‘पोखराबाट छोटो दूरीमा पूर्व पश्चिम राजमार्गको उपयुक्त स्थानमा जोड्ने गरी सम्भाव्यता अध्ययन गरिनेछ।’ चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रबाट सडक निर्माणसँगै एक दशकअघिदेखि बन्द भएको त्रिवेणी छोटी भन्सारको स्तरोन्नति गरेर आवश्यक भौतिक संरचना निर्माण गरी पूर्णरुपमा सञ्चालन गर्न भारतसँग आवश्यक पहल गरिदिन संघीय सरकारलाई प्रदेश मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको उनले जानकारी दिए। गण्डकी प्रदेशमा समावेश हुन पाउँदा खुशी बने पनि सुस्ता पूर्व विनय त्रिवेणी नगरपालिका- ६ र ७ का बासिन्दा सडक सञ्जालसँग नजोडिँदा चिन्तित छन्।

गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने सडक चाँडो निर्माण हुने आशमा रहेका नवलपुरका बासिन्दा त्यही जिल्लाको सदरमुकाम कावासोती पुग्न प्रदेश ५ को सुस्ता बर्दघाट हुँदै जान बाध्य भएकमा विनय त्रिवेणी नगरपालिका-७ का प्रमोद रौनीयार बताउँछन्। चितवन राष्ट्रिय निकुञ्जबाट सडक खुल्न नसक्दा स्थानीयवासीले प्रदेश ५ को बर्दघाटबजार भएर कावासोती पुग्न करीब २५ किलोमिटर यात्रा गर्नुपर्छ।

पोखरा-कोरला सडकअन्तर्गत राष्ट्रिय गौरवको योजना कालीगण्डकी करिडोर निर्माणले तीब्रता पाएको छ। सडकको हिमाली क्षेत्रतपm बेनी-जोमसोम ७५ किलोमिटर सडक स्तरोन्नतिका साथै कालोपत्र भइरहेको आयोजनाका इ. जगन प्रजापतिले बताए। दोहोरो यातायातका साधन सञ्चालन हुने सो सडक २ अर्ब ४० करोडको लागतमा निर्माण भइरहेको छ। जोमसोम-कोरला १ सय १० किमी सडक ग्राभेल गर्ने काम २ अर्ब ६० करोडको लागतमा भइरहेको छ।

खैरेनीटारदेखि भिमाद डेढगाउँ हुँदै नवलपुरको कावासोतीसम्म १ सय १० किमी सडकको ट्रयाक खोलिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख भानु जोशीले बताए। सो सडकमा यातायात सञ्चालन गर्न वर्खामा केही असहज भए पनि हिउँदमा सहजरुपमा आवतआवत गर्न सकिने अवस्था छ। सो सडक निर्माणसँगै मुक्तिनाथ, त्रिवेणीधामलगायत बिभिन्न धार्मिक पर्यटकीयस्थललाई जोड्नुको साथै कोरला-पोखरा-त्रिवेणी सडकलाई चीन र भारतबीचको व्यापारीक केन्द्रका रुपमा विकास गर्न टेवा पुग्ने यस क्षेत्रका बासिन्दा बताउँछन्।

नेपाल र चीनलाई जोड्ने उक्त सडक निर्माणसँगै गण्डकी प्रदेशसहित यसले समग्र देशकै आर्थिक समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने भएकोले संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त पहलमा यसलाई अघि बढाउनु आवश्यक देखिएको छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width