पोखरा, १५ साउन । कंगारु एजुकेशन फाउण्डेशन पोखराले अष्ट्रेलियामा उच्च शिक्षा हाँसिल गर्न जान चाहने विद्यार्थी लक्षित गरी पोखरामा कंगारु एड्मिसन डे अष्ट्रेलिया आयोजना गर्दैछ ।
चिप्लेढुंगास्थित सेलवेज टावरमा साउन १८ र १९ गते हुने सो कार्यक्रममा अष्ट्रेलियास्थित विभिन्न कलेज तथा यूनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष रुपमा भेट गरी सम्पूर्ण जानकारी लिन सक्नेछन । साथै आफूलाई उपयुक्त हुने कलेज तथा विश्वविद्यालयमा भर्नाका लागि समेत आवेदन गर्न सक्ने सुविधा प्रदान गर्ने गरी यो कार्यक्रम राखिएको कंगारु एजुकेशन फाउण्डेशन पोखराका कार्यकारी निर्देशक टीआर काफ्लेले बताए ।
पछिल्लो समय नेपाली विद्यार्थीको अष्ट्रेलियाप्रति बढ्दो रुची र सहज भिसा पद्दतिका कारण वर्षमा ३ पटक भर्ना लिइने अष्ट्रेलियाका लागि सो कार्यक्रममार्फत नोभेम्वर तथा फेब्रुअरीका लागि निवेदन स्वीकार गरिनेछ ।
बिहान १० देखि साँझ ५ बजेसम्म चल्ने कंगारु एड्मिसन डे मा विद्यार्थीको शैक्षिक योग्यता तथा प्राप्तांक आधारमा विभिन्न कलेज तथा यूनिभर्सिटीको छात्रवृति उपलब्ध गराइने जनाइएको छ ।
कार्यक्रममा विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक कर्जाबारे जानकारी गराउन सिर्द्धार्थ बैंकले पनि आफ्नो सहभागिता जनाएको छ ।
अन्य शैक्षिक मेलाभन्दा फरक किसिमले आयोजना गरिएको सो कंगारु एड्मीसन डे मा सहभागिता जनाउने विद्यार्थी तथा अभिभावकलाई कंगारु एजुकेशन पोखराले विशेष गिफ्ट हृयाम्परको पनि व्यवस्था गरेको छ ।
सो मेलामा अष्ट्रेलियास्थित ११ वटा कलेज तथा यूनिभर्सिटीको प्रत्यक्ष सहभागिता रहने संस्थाका अपरेशन प्रमुख वविता पराजुलीले बताइन् । फाउण्डेसनले यसअघि काठमाडौंमा सो कार्यक्रम गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९