पोखरा, १५ साउन। लायन्स क्लब अफ पोखरा तालवाराहीले कविशिरोमणि लेखनाथ पौडेलको गाउँ तरुण तपसीपार्कमा बृक्षरोपण गरेको छ। पोखरा-२७, ठूलीपोखरीस्थित उक्त पार्कमा क्लबले कपूर, निम, बेल र धुपी जातका बिरुवा रोपेको हो।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बी १ को आब्हृानमा प्रत्येक लायन्स क्लबले गर्नुपर्ने मानवीय र सामाजिक सेवा अन्तर्गत बृक्षरोपण गरिएको कार्यक्रम संयोजक सोवित थापाले बताए।
क्लबका द्वितीय उपाध्यक्षसमेत रहेका थापाले ३ वर्षदेखि तरुण तपसीपार्कमा क्लबले बृक्षारोपण गर्दै आएको जनाए।
इभालुएसन कमिटि चिफ लायन तीर्थलाल श्रेष्ठले लायन्स क्लब तालबाराहीले उत्कृष्ट मानवीय एवं सामाजिक कार्य गर्दै आएको उल्लेख गरे। लायन श्रेष्ठले तरुण तपसीपार्कलाई सुन्दर बनाउन क्लबलाई आग्रह गरे।
जोन चियर पर्सनलायन दीपेन्द्र राईले बृक्षरोपण गरिएका बिरुवा संरक्षण गर्न आग्रह गरे।
डिस्ट्रिक गभर्नर अशोककुमार श्रेष्ठले लायन वर्ष २०१८/०१९ मा ‘दिएर बाँचौं’ भन्ने नारा सार्थकता दिन यस्तो कार्यक्रमले ठूलो सहयोग पुग्ने बताए।
कार्यक्रममा स्थानीय ठूलीपोखरा टोल विकास संस्थाका अध्यक्ष दिनानाथ पौडेलले संस्थाले तरुण तपसीपार्क र यहाँ रोपिएका बिरुवाको संरक्षण गर्ने प्रतिबद्धता जनाए।
क्लब अध्यक्ष बासु जिसीको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक तथा द्वितीय उपाध्यक्ष सोवित थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
प्रथम उपाध्यक्ष नारायण पहारीले कार्यक्रम उद्देश्यमाथि प्रकाश पारेका थिए भने सचिव नारायणप्रसाद पौडेलले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
hero news full width
मुख्य समाचार
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०