हेमजा, १४ साउन। विष्णुपादुका माध्यमिक विद्यालय, हेमजाले स्वर्ण्र्ाामहोत्सव अवसरमा सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको छ ।
महोत्सवको मूल कार्यक्रमअन्तर्गत सोमबारदेखि पूर्व जिल्लास्तरीय अन्तरमाध्यमिक तह छात्र फुटबल प्रतियोगिता शुरु भएको छ।
पहिलो खेलमा आयोजकलाई धवलागिरी बोर्र्डिङ स्कूलले १-० गोलअन्तरले पराजित गरेको छ। त्यस्तै प्रतिभा मावि नदीपुर र बालविद्या बोडिङ स्कूल मिया’पाटनको दोस्रो खेलमा प्रतिभा ट्राइबेकरमा ३-१ गोलअन्तरले विजयी भयो ।
प्रतियोगिता उद्घाटन गर्दै कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले विष्णुपादुका खेल मैदानको स्तरोन्नतिमा जोड दि’दै मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बनाउनुपर्ने बताए।
उनले स्तरोन्नतिका लागि एन्फा कास्कीले विष्णुपादुका मैदानलाई पहिलो प्राथमिकताका राखेको जानकारी दि’दै फुटबल एकेडेमी निर्माण, खेलाडी उत्पादन र फुटबल खेलको विकास र पारदर्शिताका लागि आफ्नो नेतृत्वको टिम लागिपरेको दाबी गरे। कुल १८ विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिताअन्तर्गत मंगलबार प्रि-क्वाटरफाइनलका सम्पूर्ण खेल हुनेछन्। जसमध्ये तालबराही र बालकल्याणबीच बिहान ८ बजे खेल हुनेछ ।
विजेताले २५ हजार, उपविजेताले १५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन्। त्यस्तै अनुशासित समूह, सवोर्त्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डरलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । क्वाटरफाइनलबाट म्यान अफ दि म्याच घोषणा गरी पुरस्कृत गरिनेछ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गादत्त पौडेलको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा शिक्षक मीनबहादुर थापाले स्वागत तथा शिक्षक प्रकाश त्रिपाठीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता
क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत
‘स्वस्थ नागरिकका लागि खेलमैदान’
लोकतान्त्रिक खेलकुदको बधाई
‘नवौं राष्ट्रिय खेलको मिति परिवर्तन हुँदैन’
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९