पोखरा, १४ साउन । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ नेपालको रिजन १२ अन्तर्गत जोन २४ र २५ का ८ क्लबको संयुक्त पदस्थापन भएको छ ।
प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय एलसीआईएफ एरिया लिडर बालकृष्ण बुलाकोले चम्पासिंह पुनलाई हृवीलचेयर प्रदान गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
उनले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष-२०२० सफल गराउन र पर्यटन विकासमा लायन्स सरकारस’ग हातेमालो गर्दै अघि बढ्ने जानकारी दिए।
लायन्स ३२५ बि १ का गर्भनर अशोककुमार श्रेष्ठ, निवर्तमान गभर्नर धनराज आचार्य, कि-नोट स्पीकर इ. विष्णु कोइराला, गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापा, जोन चेयरपर्सन रवीन्द्र श्रेष्ठ, पूजन शाक्य लगायतले मन्तब्य ब्यक्त गरेका थिए।
कार्यक्रममा वर्ष २०१७/१८ का लागि पोखरा गण्डकी अध्यक्ष नीता बुद्धाचार्य, आ’गनका प्रदीप बज्राचार्य, चौतारी विन्ध्यवासिनीका सुरेश श्रेष्ठ, माछापुच्छ्र्रे भिलेजका तीर्थराज आचार्य, अमरबुद्धका शारदा गौतम, डायमण्ड भिलेजका कञ्चन थापा लगायतले आफ्ना क्लबले गरेका कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए।
कार्यक्रम संयोजक शिवराज आचार्यले स्वागत मन्तब्य ब्यक्त गर्दै ‘पढाऔं अभियान’ मा आफ्नो रिजनबाट १९ लाख ५० हजार रुपैया’ योगदान भएको जानकारी दिए।
कार्यक्रमको अध्यक्षता संसारकै पहिलो महिला क्लब पोखरा गण्डकीका अध्यक्ष नीता बुद्धाचार्यले गरेकी थिइन्।
दोश्रो सत्रमा वर्ष २०१८/१९ का अध्यक्ष मोना थापा, कोपिला भुजेल, रामकुमार श्रेष्ठ, घनश्याम शर्मा, शान्ता थापा, खीमाकुमारी गुरुङ, मनोहर दाहाल, पवित्रा न्यौपानेले प्रतिबद्धता मन्तब्य ब्यक्त गरेका थिए।
कार्यक्रम संचालन माछापुच्छ्र्रे भिलेजका संस्थापक सचिव शोभाकान्त पौडेल र चौतारी विन्ध्यवासिनीका पूर्व सचिव रामजी पौडेलले गरेको भिलेजका सूचना तथा संचार निर्देशक रामजीप्रसाद लम्सालले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९