पोखरा,१४ साउन। केदारेश्वर महादेवमणि सेवाश्रम समिति पोखराले आयोजना गरेको १५ औ बोलबम जलयात्रा कार्यक्रममा हजारौं श्रद्धालु भक्तजन सहभागी हुने गरेका छन्।
साउन दोस्रो सोमबार पनि केदारेश्वर मन्दिरमा जल चढाउन बिहानैदेखि भक्तजन मन्दिरमा दर्शनका लागि आएका थिए। गेरुबस्त्र धारण गरेका बोलबम जलयात्राका सहभागीले भगवान् शिवको महिमासम्बन्धी भजनकीतन र नाचगान गरी रमाइलो गरेका थिए।
गाइघाटदेखि झा’की र भजनकीतनसहित बोलबम र्याली निकालिएको हो। गर्मीको कुनै परवाह नगरी शुक्लागण्डकीबाट जल लिई सयांै भक्तजन पैदलयात्रासहित र्यालीमा निस्किएको बोलबम संयोजक शंकर खरालले जनाए।
बोलबम समितिले बगरस्थित गाईघाटबाट सेतीनदीको जल लिएर केदारेश्वर मन्दिरमा चढाउने कार्यलाई झण्डै डेढ दशकदेखि व्यवस्थापन गर्दैआएको छ।
‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर मन्दिरमा भगवान् शिवको आराधना गर्न चारवटै द्वारमा बिहानैदेखि खुला गरिए पनि घुइ’चो कारण दिउ’सो अबेरसम्म उनीहरु लाइनमै बसेका मन्दिरका सचिव खिमबहादुर पहारीले बताए।
कतिपय विद्यार्थी स्कूल तथा कलेज ड्रेसमै जल लिएर लाइनमा बसेको पाइन्थ्यो भने कतिपय विदेशी पर्यटकले रमाइलो मानेर हेरेका थिए। भक्तजनलाई यसपटक केदारेश्वर मन्दिरका पूर्व सदस्य लेकसाइड निवासी कृष्णध्वज आचार्य र सावित्री आचार्य दम्पत्तिलेप्रसादको व्यवस्था मिलाएका थिए।
बोलबम जलयात्रा साउनका तेस्रो र चौथो सोमबार पनि चल्नेछ। साउन भगवान् शिवको महिना भएको हु’दा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल उठाएर शिवलिङ्गमा चढाउने चलन छ।
Related News
सम्बन्धित समाचार
बलात्कार मुद्दाको हदम्याद हटाउने प्रधानमन्त्रीको आश्वासन
प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९