पोखरा, १४ साउन। पोखरा वडा १७, रातोपैरामा रहेको ओमकारेश्वर मन्दिरलाई शुभकामना नेपाल फाउन्डेशन, लेकसाइडले डस्टबिन वितरण गरेको छ।
मन्दिर वरिपरि बढ्दो फोहर व्यवस्थापन गर्न फाउन्डेशनले ५ थान डस्टविन वितरण गरेको हो।
मन्दिरमा आयोजित एक कार्यक्रमबीच फाउण्डेसनका अध्यक्ष प्रमिला थापाले ओमकारेश्वर मन्दिर आश्रम निर्माण समितिका अध्यक्ष भगवान् पन्तलाई डस्टविन हस्तान्तरण गरेकी हुन्।
मन्दिर आश्रम निर्माण समितिका अध्यक्ष पन्तले ओमकारेश्रवर मन्दिर जस्तो पवित्र ठाउ’लाई गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे। उनले मन्दिरलाई सफा राखि संरक्षण र सर्म्वर्द्धनमा जोड दिने बताए।
शुभकामना नेपाल फाउन्डेशनका सचिव तारानाथ पाहारीले पोखरा वडा १७, रातोपैरामा रहेको ओमकारेश्रवर मन्दिरले पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने भएकोले मन्दिरको विकासको लागि सबै जना हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए। उनले आफू र आफ्नो संस्थाबाट मन्दिरको विकासको लागि सधै’ साथ र सहयोग रहने प्रतिबद्धता जनाए। कार्यक्रम ओमकारेश्रवर मन्दिर आश्रम निर्माण समितिका अध्यक्ष पन्तको अध्यक्षतामा भएको हो।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
२४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९