????????????????????????????????????
लमजुङ, १४ साउन । बेसीशहरकी मोनिका गुरुङले मिस क्वीन लमजुङ-२०१८ को ताज पहिरेकी छन् । जिल्ला सदरमुकाममा मिस क्विन लमजुङ – २०१८ को घोषणा गरेस’गै मोनिका गुरुङले मीस क्विन लमजुङ २०१८ को ताज चुमेकी हुन्
ग्रान्ड फिनालेमा अन्य ७ जना प्रतिस्पर्धीहरूलाई उछिन्दै मोनिकाले मिस क्विन लमजुङको उपाधि जितेकी हुन् । उनले मिस क्विन लमजुङको ताजस’गै नगद ५० हजारसहित ट्रफी, मायाको चिनो र प्रमाणपत्र हात पारेकी छन् । मोनिकाले मिस क्वीनपछि अको मिस व्युटिफुल टाइटल अवार्डसमेत जित्न सफल भएकी छन्् । बेसीशहरकै सारा तामाङ फष्ट रनर-अप घोषित बनिन् । उनले नगद १५ हजारसहित ट्रफी, प्रमाणपत्रका र मायाको चिनो पनि हात पारिन् । फष्ट रनरअप बन्न सफल साराले मिस क्याटवाकको उपाधिसमेत हात पारिन् ।
त्यसैगरी, सेकेण्ड रनर-अप मोनिका श्रेष्ठ भइन् । मोनिका श्रेष्ठसमेत बेसीशहरकै हुन् । मोनिकाले सेकेण्ड रनर-अपको उपाधिका साथमा नगद १० हजार, ट्रफी र प्रमाणपत्र हात पारिन् । मोनिकाले बेष्ट मिस फिगर टाइटल अवार्डसमेत जित्न सफल भइन् ।
बेसीशहरकी सर्मिला परियारले मिस ट्यालेन्ट र मिस फ्रेन्डली टाइटल अवार्ड हात पारिन् । सुन्दरबजारकी स्रिमन श्रेष्ठले मोस्ट पपुलर, बेष्ट स्माइल टाइटल अवार्ड जितिन् । त्यसैगरी, बेसीशहरकै सुमिना श्रेष्ठले मोस्ट डिसिपिलिन, बेसीशहरकै सलिना पराजुलीले मिस फोटोजेनिक, पुनम तामाङले बेष्ट स्िकन टाइटल अवार्ड हात पारेका छन् ।
प्रतियोगिताका विविध विधाका विजयीहरुलाई प्रमुख अतिथि गण्डकी प्रदेश सांसद मधु अधिकारी, विशेष अतिथि बेशीशहर नगरपालिकाकी उपप्रमुख लक्ष्मी अधिकारी निर्णयकहरू म्यान अफ द वर्ल्ड २०१७ का विजेता डा. रामचन्द ठकुरी, मोडल रोजी श्रेष्ठ, कोरियोग्राफर विशाल आलेमगर, मिसेस लमजुङ २०१७ की विजेता शोभा शाही, लिटिल मिस लमजुङ २०१५ की विजेता कृति गौतमलगायतले पुरस्कार वितरण गरेका थिए । करिव एक महिना लामो प्रशिक्षण पश्चात प्रतियोगिता समापन गरिएको हो । तनहुमा तीन चरणसम्म प्रतियोगिता सञ्चालन गरी फाइनल चरणका लागि आठ जना छनौट भएको आयोजक संस्थाकी सचिव करूणा थापामगर थिए । आयोजकले कार्य क्षेत्रलाई विस्तार गर्दै लमजुङमा पहिलो पटक आयोजना गरेको हो ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९