पोखरा, १४ साउन। सराङ्कोट बहुउद्देश्यीय सहकारी संस्थाले बहुउद्देश्यीय कार्यको लागि निर्माण गर्न लागेको भवनको निर्माण शुभारम्भ गरिएको छ।
सहकारी शुरुवातको ८ वर्ष रेडियो सराङ्कोटमात्र संचालन गर्दै आएकोमा ६ वर्षदेखि बचत तथा ऋणको कारोबार मार्फत सदस्यलाई सेवा प्रदान गर्दै आएको सचिव कृष्ण थापाले बताए।
संस्थाले ३ वर्षअघि न्यूरोड, संगममार्गमा घरसहितको जग्गा खरिद गरी रेडियो संचालनमा रह’दै आएकोमा पूर्णरुपमा सम्पूर्ण कार्य संचालनका लागि थप भवन निर्माण गरिन लागिएको अध्यक्ष प्रेमबहादुर जिसीले बताए।
कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका पूर्व प्राचार्य, उपसचिव बद्रीनाथ अधिकारीले सहकारीको विकासमा सदस्यहरुको एकतास’गै सामाजिक उत्तरदायित्वमा ध्यान दिनुपर्ने बताए। सहकारी ऐन नियमलाई आमसहकारीले पूर्ण कार्यान्ववयन गर्न सके सहकारीमा समस्या नआउने बताए।
पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले सहकारीले आर्थिक सामाजिक विकासमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए।भवन निर्माण समितिका संयोजक अर्जुनबहादुर बस्नेतले निर्माण सम्पन्न पश्चात आमसमुदायमुखी कार्यक्रम गर्न सहज हुने बताए।
संस्थाका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक केदार उप्रेती, शिक्षाविद् दामोदर पराजुली, संगममार्ग विकास समितिका अध्यक्ष ढाकामोहन लामिछाने, संगममार्ग महिला समितिका अध्यक्ष लक्ष्मी बास्तोला, उपाध्यक्ष बसन्तबहादुर बानिया’, रेडियो सराङ्कोटका समाचार प्रमुख कमल पौडेल, पिस जोन एकेडेमीका संस्थापक योगेन्द्र शर्मा दाहाल, पण्डित सोमनाथ सुवेदी, जाल्पादेवी बहुउद्देश्यीय विकास समितिका अध्यक्ष गणेशबहादुर अधिकारी, जाल्पादेवी महिला उद्दार समितिका उपाध्यक्ष राधिका थापा लगायतले आ-आफ्नो धारणा राखेका थिए। चार करोड ३० लाख सेयरपु’जी रहेको संस्थाले २४ करोड ऋण लगानी गरेको छ। स्थापनास’गै संस्थाले सामाजिक उत्तरदायित्वमूलक कार्य गर्दै आएको सचिव कृष्ण थापाले बताए।
निर्माणाधीन भवनमा व्यावसायिक प्रयोजन, कार्यालय संचालन र बहुउद्देश्यीय प्रयोजनका कार्य हुने गरी १ करोड लागतमा आगामी माघ मसान्तभित्र सम्पन्न गर्ने योजना रहेको समितिका सदस्य रामचन्द्र थापाले बताए। सहकारीले गएको वर्ष राष्ट्रिय सहकारी बैंकबाट उत्कृष्ट सहकारी सम्मान र सहकारी डिभिजन कार्यालयबाट उत्कृष्ट सचिव सम्मान पाएको थियो।
Related News
सम्बन्धित समाचार
प्लाष्टिकमुक्त नगर अभियानमा सहयात्री सहकारी
बहुउद्देश्यीय सामाजिक भवन निर्माण
बागलुङ–पोखरा मगर समाजमा गजेन्द्र
सगरमाथामा विद्यार्थी स्वागत एवं सम्मान
प्रेस सेन्टर पदाधिकारीको सम्मान
hero news full width
मुख्य समाचार
शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९