पोखरा, १३ साउन ।गण्डकी प्रदेशका सांसदहरुले बलात्कारीलाई फाँसी दिने कानुन बनाउन सुझाव दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले बलात्कार जघन्य अपराध भएकाले दोषीलाई उम्किन दिनु नहुने तर्क गरे ।
सांसद ओमकला गौतमले महिलाहरुलाई निर्वाध रुपमा हिँडडुल गर्ने वातावरण हुनुपर्ने बताईन् । ‘कञ्चनपुरकी निर्मला गौतमको वलात्कार गरी हत्या भएको छ । दिन प्रतिदिन यस्तो घटना बढिरहेको छ,’ सांसद गौतमले भनिन्, ‘सरकारको असंवेदनशिलताप्रति हामीलाई चिन्ता लागेको छ । त्यस्ता अपराधीलाई कानुनमा नै संशोधन गरी मृत्युदण्ड दिनुपर्छ । यसप्रति सरकारको ध्यान आकृष्ट गराउँछु ।’
सांसद सरिता गुरुङले पनि बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने धारणा राखिन् । उनीहरुले नेपाली चेलीहरुको चरित्र हत्या गरिएको भन्दै बी एण्ड सीका सञ्चालक दुर्गा प्रसाईंलाई पनि पक्राउ गरी तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् ।
अर्का सांसद विन्दुकुमार थापाले गण्डकी सरकारले गठन गरेका विज्ञ समूहमा राजनीतिक नियुक्ती भएको गुनासो गरे । ‘विज्ञ समूहमा स्वतन्त्र मान्छे नियुक्त गरिनुपर्छ । दलको झण्डामुनि बसेर सक्रिय राजनीति गरेको मान्छेलाई विज्ञ समूहमा राख्न मिल्दैन,’ सांसद थापाले भने, ‘राजनीतिक नियुक्ति नै भएपनि सन्तुलित नियुक्ति हुनुपर्छ । सरकारको ध्यान जाओस् ।’
विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले समाजमा रहेको विभेद अन्त्यका लागि सरकार चनाखो हुनुपर्ने र नयाँ नीति कार्यान्वयन गराउनुपर्ने बताए । सांसद मेखलाल श्रेष्ठले प्रतिनिधि र प्रदेशसभामा सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने ब्यवस्था कार्यान्वयनका लागि ध्यानाकर्षण गराए । तर सभामुखले यो बिषय अदालतमा विचाराधीन भएकोले प्रश्न नगर्न सुझाए ।
सांसद राजीव पहारीले पोखराको खानेपानी अशुद्ध भएकोले शुद्ध पानीका लागि पहल गरिदिन सरकारसँग आग्रह गरे । उनले फेवातालमा दिनहुँ अतिक्रमण बढिरहे पनि सरोकारवाला निकायको चासो नपुगेको गुनासो गरेका छन् । सांसद हरिशरण आचार्यले बाढी पहिरोबाट क्षति पुगेको ठाउँमा तत्काल राहत उपलब्ध गराउन सुझाव दिएका थिए ।
आइतबारको बैठकमा केही प्रदेश कानुनलाई संशोधन गर्न बनेको बिधेयक र महान्यायधिबक्ताको काम, कर्तब्य, अधिकार र सेवासम्बन्धी बिधेयक टेवुल गरिएको छ । प्रदेश कानुनहरुमा साविक प्रदेश नम्बर ४ उल्लेख भएकोमा गण्डकी प्रदेश उल्लेख गर्नुपर्ने कानुनमन्त्री हरिबहादुर चुमानले बताए ।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९