पोखरा, १३ साउन । पोखरामा आइतबार रासायनिक विषादीले मानव स्वास्थ्य र पर्यावरणमा पार्ने असरबारे सचेतनामूलक कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ पोखरा पिस टाउन र कारितास नेपाल पोखराले संयुक्त रुपमा पोखरा महानगरपालिका वडा नं ७ स्थित श्रीकृष्ण माविमा कार्यक्रम गरेकोे हो ।
कार्यक्रममा नाटकको माध्यमबाट विषादीले मानव स्वास्थ्य र पर्यावरणमा पार्ने असर तथा त्यसबाट बच्ने उपायबारे जानकारी गराइएको कारितास नेपाल पोखराकी प्रमुख शोभा आचार्यले जानकारी दिइन् । विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीले रुचिपूर्वक नाटक अवलोकन गरेका थिए ।
डिष्ट्रिक एड्भाइजर किशोर बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा श्रीकृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारी, प्रधानाध्यापक केदारनाथ अधिकारीले बोलेका थिए ।
लायन्स क्लब अफ पोखरा पिस टाउनकी अध्यक्ष डा. बिनिता कोइराला शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सिता तिमिल्सिना सुवेदीले संचालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना फेरि सुरु
पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९