लमजुङ, १३ साउन । लमजुङका युवाहरुले स्थानीय सरकारको ध्यानाकर्षण गर्दै १२ बुँदे ज्ञापज्ञपत्र बुझएका छन् । जिल्ला समन्वय समितिमार्फत युवा लक्षित कार्यक्रम संचालनको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
जनचेतना अभिबृद्धि तथा विकास अध्ययन समिति (कोपाडेज) लमजुङको संयोजनमा सो कार्य गरिएको हो ।
जिल्लाका युवा सरोकारवाला सँस्था तथा क्लवहरूका अगुवाहरूले जिल्ला समन्वय समितिका प्रमुखलाई ज्ञापनपत्र बुझाएर सवै स्थानीय तहमा ध्यानाकर्षण गराएका हुन् ।
स्थानीय तहले युवाहरूका लागि उत्प्रेरणा जगाई विकास निर्माणमा युवाहरूको सहभागितालाई विशेष प्राथमिकता दिनुपर्ने, स्थानीय तहमा युवाहरूको बस्तुगत विवरण -प्रोफाईल) तयार गर्ने र समयानुकुल अध्यावधिक गर्ने, युवाहरूलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमहरू तर्जुमा गरी युवाहरूको सीप र क्षमता विकासका साथै उनीहरूको सशक्तिकरणमा सहयोग गर्ने उल्लेख छ ।
ज्ञापन पत्रमा समुदाय विकासमा युवालाई सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्न राष्ट्रिय युवा नीतिहरुलाई आत्मसात् गर्दै प्रदेश र स्थानीय नीतिसमेत तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्नेलगायतका १२ बुँदे माग समावेश गरिएको छ ।
कोपाडेसद्वारा संचालित २५ वटा स्काई क्लव, अन्तराष्ट्रिय सञ्जालमा आवद्ध रोट्रयाक्ट क्लव अफ लमजुङ, लमजुङ जेसिज, जिल्ला युवा समिति, लमजुङ मस्र्याङ्दी युवा क्लव र अन्य स्थानीय युवा क्लवका अध्यक्ष तथा प्रतिनिधिहरूले उक्त मागमा एक्यवद्धता जनाएका छन् ।
उनीहरूले जिल्ला समन्वय समिति मार्फत जिल्लाका आठ ओटै स्थानीय तहमा सो ज्ञपानपत्रमार्फत ध्यानाकर्षण गराएको लमजुङ मस्र्याङदी युवाक्लवका अध्यक्ष जुन तामाङले बताए ।
यसैगरी, श्रोत र सम्भावनाको समुचित प्रयोग गरी युवाहरु विदेशिने बाध्यतालाई न्युनिकरण गर्दै स्थानीय सरकारले युवा स्वरोजगारको वातावरण सृजना गर्न सकेमात्रै मुलुकको समृद्धि सम्भव हुने भन्दै यसै अनुरुप स्थानीय तहले कार्यक्रम ल्याउनुपर्नेमा रोट्रयाक्ट क्लवका अध्यक्ष सुजन श्रेष्ठले बताए ।
उनका अनुसार संविधानमा उल्लेखित युवा अधिकार र राष्ट्रिय युवा नीति प्रभावकारी कार्यान्वयन नभएको र राज्यले युवा शक्तिलाई परिचालन गर्न नसक्दा मुलुकको विकास नहुनुको साथै बेरोजगार र बैदेशिक रोजगारी बढेकोले समयमै ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको हो ।
युवाहरूलाई विकास निर्माणको मुल प्रवाहमा ल्याउन राज्यले राष्ट्रिय नीति बनाइसकेको र त्यो राष्ट्रिय नीतिलाई संघ, प्रदेश र स्थानीय सरकारले थप व्यवस्थित बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जिल्ला युवा समितिका अध्यक्ष विवस बुढाथोकीले बताए ।
राज्यले युवा लक्षित कार्यक्रम सञ्चालन गर्दै आएपनि सवै युवाहरु त्यसबाट लाभान्वित हुन नसकेको आदर्श युवा क्लवका सचिव पूर्ण विकले बताए।
उनका अनुसार युवाहरूलाई प्रतक्ष सहभागिता गराएर लाभान्वित हुनेगरी कार्यक्रम संचालन हुनुपर्छ ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९