लायन्स क्लब लेखनाथ सिमसारको बृक्षरोपण

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७५
Lions Club of Lekhanath SimSar

लेखनाथ, १२ साउन । लायन्स क्लब अफ लेखनाथ सिमसार र लियो क्लब अफ लेखनाथले संयुक्त बृक्षारोपण गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३२ स्थित ब्रहृमरुपा माविको परिसरमा आँप, कटहर, लिची, कपुर र तेजपत्ताका विभिन्न जातका करिब ७५ वटा विरुवा रोपेको हो।

स्वास्थ्य, शिक्षा र पर्यावरण जोगाउने उद्देश्यले बृक्षारोपण गरिएको बृक्षारोपणकी संयोजक एवं सीसीपी लायन सावित्री अर्यालले बताइन्।

लायन्स क्लब ३२५ बी १ नेपालका पीएमसीसी लायन दिपक श्रेष्ठले बृक्षारोपण कार्यक्रमको सुभारम्भ गर्दै बढ्दो वातावरण प्रदूषण नियन्त्रण र स्वास्थ्य जीवनयापनका लागि क्षारोपणले महत्वपूर्ण भूमिका खेल्ने बताए । रोपिएका विरुवालाई उचित संरक्षण र संभार गर्नुपर्ने सुझाव राखेका थिए ।

सोही अवसरमा सिनियर एओजी लायन विशेश्वर आचार्य, बृक्षारोपणकी संयोजक सीसीपी लायन सावित्री अर्याल, ब्रहृमरुपा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम वस्नेत, लायन्स क्लब अफ लेखनाथ सिमसारकी जोन चेयरपर्सन बसुधा भट्टराई, लायन कृष्ण धिताललगायतले बोलेका थिए।

लायन्स क्लब अफ लेखनाथ सिमसारकी अध्यक्ष मेनका श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन लायन कल्पना गुरुङले गरेकी थिइन् भने धन्यवाद ज्ञापन लायन गिता वरालले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • प्रहरी कार्यालयको भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का…
  • अमरसिंहको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह उद्घाटन गर्दै…
  • सेनाले गर्‍यो बम डिस्पोज

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    नवलपुर । पूर्वी नवलपरासीको विनयीत्रिवेणी ५, सर्दीमा फेला परेको बेवारिसे बम नेपाली सेनाले डिस्पोज गरेको छ । आइतबार स्थानीयले खेतमा…
  • तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    पोखरा । स्याङ्जा सेतीदोभानकी सन्तोषी ढकाल पोखरा आएर बसेको करिब १३ वर्ष भयो । सुरुको १० वर्ष मालेपाटनमा बसेकी उनी…

hero news full width