लेखनाथ, १३ साउन । बड्दो लागु औषधको कुलतबाट आफनो छोराछोरीलाई टाढै राख्न सहयोग पुग्नेगरी पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का स्थानीयवासीहरु प्रहरीको सहयोगमा गाँजा फडानीमा सक्रिय लागेका छन् ।
‘नबजे मुरली नरहे बाँस’ भन्ने युक्तीलाई आत्मसाथ गर्दै स्थानीयवासीहरु आफ्नो वडामा गठन भएको लागु औषध नियन्त्रण अभियानको सहयोगमा वडा नं ३३ अन्तरगत पर्ने सेती नदिको किनारमा रहेको अवैद्ध गाँजा फडानी गरेर नष्ट गर्नेतर्फ लागेका हुन् ।
सामुदायिक सेवा केन्द्र लेखनाथ, लायन्स क्लव अफ पोखरा चिरगादी, लागु औषध नियन्त्रण महाअभियान अन्तरगत वडा नं ३३ र जिल्ला प्रहरी कार्यालाय कास्की एवं डाँडाकोनाक प्रहरीचौकीको सहयोगमा नदि किनारमा रहेको करिव १५ क्युटन गाँजा संकलन गरी नष्ट गरेको हो । स्थानीयवासी तथा प्रहरीसहित करिब ७० जनाको समुहले नदि किनारको गाँजा फडानी गरी नष्ठ गरिएको हो ।
कार्यक्रममा वडा नं ३३ का वडाअध्यक्ष शिवप्रसाद आचार्य, लागु औषध नियन्त्रण महाअभियान वडा नं ३३ का संयोजक गणेशप्रसाद ढकाल, डाँडाको नाक प्रहरीचौकीका इञ्चार्ज बिष्णुबरसिंह थापा, सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष ज्ञानेन्द्र बजगाई, लायन्स क्लवका रिजन चियरपर्सन मधुसुधन कोइराला र स्थानीय सतिश लामिछानेले कुलतबाट युवाहरुलाई टाढै राख्ने उद्देश्यले सचेतना कार्यक्रम संचालन गर्नुपर्ने सुझाव राखेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९