पोखरा, १२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारिताको विकासका लागि आवश्यक ऐन कानूनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
पत्रकार महासंघ कास्कीको शनिबार भवन निरीक्षण एवं भेटघाट कार्यक्रममा मन्त्री बाँस्कोटाले पत्रकारिताको विकास, सर्म्वर्द्धन, पेशागत सुरक्षा एवं जीवन्तताका लागि आवश्यक ऐन कानून निर्माणको तयारी गरिएको बताए। बाँस्कोटाले स्थानीय तथा प्रदेश सरकारलाई कुनै संचारसाध्यमसँग सहकार्य गरी कार्यक्रम संचालन गर्न सुझाव दिए । स्थानीय तथा प्रदेश सरकारले हाल तत्काल कुनै संचारमाध्यम आफै खोल्न भन्दा हाल संचालन भइरहेका कुनै संचारमाध्यमसं’ग समय भाडामा लिएर आफ्ना विषयवस्तु तथा सूचना प्रवाह गर्न सक्ने सुझाव दिएका हुन् ।
श्रमजीवी पत्रकारको हकहितमा सरकार प्रतिबद्ध भएको बताउँदै उनले यही असारदेखि पत्रकारले बैंकबाटै पारिश्रमिक भुक्तानी पाउने व्यवस्था गरिएको उल्लेख गरे। समानुपातिक विज्ञापनसम्बन्धी नयाँ ऐन आउन लागेको जानकारी दिँदै उनले आम सञ्चार ऐन आउँदै गरेको र मिडिया काउन्सिलसम्बन्धी नयाँ व्यवस्था गरिनलागेको जानकारी दिए ।
मन्त्री बास्कोटाले देश संघीयतामा गएसं’गै एफएमको अनुमति लिन पहिलाको जस्तो सिंहदरबार धाउनु पर्ने बाध्यता हटाएको बताउँदै २० देखि १ सय वाटसम्मका एफएमको लागि अबदेखि स्थानीय तहबाटै इजाजत लिन सकिने बताए । सरकार पत्रकार र संचारमाध्यमको विषयमा गम्भीर भएको बताउदै मन्त्री बाँस्कोटाले पत्रकार वृत्तिकोष स्थापनामा सरकारले गत असार मसान्तमा १ करोड आर्थिक सहयोग गरेको जानकारी दिए ।
मन्त्री बाँस्कोटाले पाठक एवं दर्शकको छनौटमा पर्ने गरी सञ्चारमाध्यमले आफूलाई प्रतिस्पर्धामा उतार्नुपर्ने बताए। सञ्चारमाध्यम संरक्षणभन्दा पनि प्रतिष्पर्धात्मक बन्नु आवश्यक रहेको औल्याउँदै उनले संरक्षणका लागि लोककल्याणकारी विज्ञापन जारी रहेको बताए।
संविधानले संघ, प्रदेश र स्थानीय तहका लागि फ्रिक्वेन्सीको अधिकार व्यवस्था गरेको बताउँदै उनले ती अधिकार पाउने विषयलाई व्यवस्थित गराउनका लागि कानून मन्त्रालयलाई अघि बढाउन भनिएको बताए।
कार्यक्रम नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको थियो । यसैबीच, मन्त्री बाँस्कोटाले मिर्गौलामा समस्या आई उपचार गराइरहेका पत्रकार राजबहादुर गुरुङको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।
पत्रकार गुरुङको पोखरा १६ दीपस्थित निवासमा नै पुगी मन्त्री बाँस्कोटाले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । भेटमा पत्रकार गुरुङलाई मनोबल उच्च राखेर उपचारमा लाग्न आग्रह गर्दै मन्त्री बाँस्कोटाले व्यक्तिगत एवं सरकारकोतर्फबाट सहयोग गर्ने बताए ।
Related News
सम्बन्धित समाचार
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला
पोखरा पेन्सन क्याम्पमा गणतन्त्र दिवस
पदबहालीमा मन्त्रीहरुले किन गर्छन् कर्मकाण्डी निर्णय ?
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९मन्त्री र सचिवलाई मुख्यमन्त्री अधिकारीको निर्देशन : मितव्ययी बन्नुस्, पुँजीगत खर्च बढाउनुस्
माघ १२, २०७९