पोखरा, १२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश कार्यसमिति गठन गरिएको छ ।
राप्रपा केन्द्रिय सहमहामन्त्री हेमजंग गुरुङको अध्यक्षतामा गठित २० सदस्यीय कार्यसमितिमा उपाध्यक्ष राजेन्द्रबहादुर अधिकारी (तनहुँ), देवीप्रसाद कँडेल (बागलुङ) र गीता गुरुङ (कास्की) छन् ।
यस्तै, सचिव बरुणविक्रम राणा (कास्की), प्रवक्ता नवराज बसौला (लमजुङ), कोषाध्यक्ष पञ्चराम गुरुङ (स्याङ्जा) र सहसचिव कृष्णराज अधिकारी (कास्की) चयन भए ।
सदस्यमा छमकला कुँवर, चन्द्रवती पन्त, एकेन्द्र रावल, ठाकुरप्रसाद भुषाल, नारायण गुरुङ, कृष्णप्रसाद पौडेल, रामचन्द्र अर्याल, अजित थकाली, कल्याण गुरुङ, सुदीप ढकाल, क्या. राजकुमार थापामगर र ठाकुरप्रसाद शर्मा रहेको कोषाध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष हेमजंग गुरुङले आगामी चैतसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने योजना रहेको जानकारी दिए ।
उनका अनुसार पोखरामा आइतबार राप्रपा गण्डकी प्रदेश कार्यसमितिको पहिलो विस्तारित बैठक बस्नेछ । न्यूरोडस्थित होटल दर्शनमा हुने सो बैठकले कार्यसमिति विस्तार गर्नेछ । यस्तै, साउन २५ मा हुने राप्रपा गण्डकी प्रदेश कार्यसमितिको कार्यालय उद्घाटन तथा हिन्दू राज्य पुनःस्र्थापना राष्ट्रिय जनजागरण कार्यक्रम तयारी सिलसिलामा बैठक बस्न लागेको कार्यसमिति सचिव बरुणविक्रम राणाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखरा महानगरको मतगणना सुरु
१४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित
कास्कीमा ६५ प्रतिशत मतदान, पोखरा महानगरको मतगणना भोलिमात्र
राप्रपाको पोखरामा घरदैलो, आज लिङ्देन आउने
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९