पोखरा, १२ साउन। नेपाल अङ्ग्रेजी भाषा शिक्षक संगठन (नेल्टा) गण्डकीको प्रथम अधिवेशनले डा नवराज न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ।
समितिको वरिष्ठ उपाध्यक्षमा कमलराज लम्साल, उपाध्यक्षमा रामचन्द्र पोखरेल, महासचिवमा लक्ष्मणबाबु आचार्य, सचिवमा पिताम्बर पौडेल, कोषाध्यक्षमा विष्णुहरि बास्तोला, सदस्यता सचिवमा केशवप्रसाद कँडेल छन्। समितिका सदस्यमा मीनु कुँवर श्रेष्ठ, उपेन्द्रबाबु ढकाल, विनोद न्यौपाने, लालप्रसाद भट्टराई, देव शर्मा, बुद्विबहादुर क्षेत्री, तीर्थराज कँडेल, पितृराज बास्तोला, मुकेशकुमार अधिकारी, दयाराज कट्टेल, इन्द्रप्रसाद तिमिल्सिना र बालकृष्ण शर्मा छन्।
कुञ्जरमणि गौतम संयोजक, रत्नमान गुरुङ र महाप्रसाद हड्खले सदस्य रहेको समितिले निर्वाचनको समन्वय गरेको थियो।
यसअघि गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले ब्यानरमा हस्ताक्षर गरी अधिवेशन उद्घाटन गरेकी थिइन्। उनले अहिलेको प्रतिस्पर्धाका लागि अङ्ग्रेजी भाषामा दखल हुन आवश्यक रहेको बताइन्। उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षकको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिन्।
अधिवेशन आयोजक समिति संयोजक डा नवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कास्की अध्यक्ष मीनु कुँवर श्रेष्ठले स्वागत र सचिव मुकेशकुमार अधिकारीले संचालन गरेका थिए।
त्यस अवसरमा नेल्टाका केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवान र सल्लाहकार हेमन्त दाहालले अङ्ग्रेजी भाषासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९