पोखरा, १२ साउन। पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघको अध्यक्षमा जीवन गुरुङ चयन भएका छन। संघका शनिबार सम्पन्न दोश्रो अधिवेशनले गुरुङलाई अध्यक्षमा सर्व सम्मत चयन गरेको हो।
संघको उपाध्यक्षमा वीरेन्द्र केसी, महिला उपाध्यक्षमा दुर्गा गुरुङ, महासचिवमा चोलेन्द्र पौडेल, कोषाध्यक्षमा जयकुमार परियार र सचिवमा मनोज भट्ट चयन भए । सदस्यमा अमृत गुरुङ, वेदबहादुर गुरुङ, चन्द्र दर्नाल, कृष्ण गुरुङ, भानुभक्त पौडेल, ठागु गुरुङ र सुरज शाह छन् ।
अधिवेशन उद्घाटन सत्रमा बोल्दै कास्की प्रहरी प्रमुख ओमबहादुर रानामगरले लोकदोहोरी रेष्टुरेण्ट व्यवसायीले आफ्नो पेशालाई मर्यादित बनाएर दोहोरीको संरक्षणमा लाग्नुपर्ने बताए। संघका सल्लाहकार रवीन्द्रबहादुर प्रजुले लोकदोहोरीको संरक्षणमा व्यवसायीको ठूलो भूमिका रहेकाले आगामी दिनमा अझै लोक संस्कृतिको संरक्षण र जगेर्नातर्फ संघले भूमिका खेल्नुपर्नेमा जोड दिए।
संघका कानूनी सल्लाहकार सुरेन्द्र थापामगरले लोक संस्कृति संरक्षण र प्रवर्द्धनमा लोकदोहोरी रेष्टुरेण्ट व्यवशायीको भूमिका उल्लेख रहेको बताउँदै लोक संस्कृति संरक्षणमा मर्यादित बनेर लाग्नुपर्नेमा जोड दिए।
लोकदोहोरी प्रतिष्ठान गण्डकी अञ्चलका अध्यक्ष शंकर विरही गुरुङले लोकदोहोरी रेष्टुरेन्टले लोकदोहोरीको उद्गमथलो गण्डकी प्रदेशलाई चिनाउने गरी काम गर्नतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।
संघका निवर्तमान अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको कार्यक्रम सञ्चालन सचिव जीवन गुरुङले गरेका थिए भने सहसचिव वीरेन्द्र केसीले स्वागत मन्तब्य राखेका थिए।
Related News
सम्बन्धित समाचार
वित्तीय साक्षरता तालिम
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
वित्तीय संस्था कर्मचारी संघमा याम
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९