पोखरा, १२ साउन। धिताल पोखरा सेवा समाजको १२ औं वाषिर्क साधारणसभा तथा पाँचौं अधिवेशन शनिवार सम्पन्न भयो।
अधिवेशनको स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले उद्घाटन गरेका थिए।
सोही समारोहमा समाजका २०७४ को एसर्इइ उत्तीर्ण छात्रछात्रालाई सम्मान गरिएको थियो।
त्यस अवसरमा प्रमुख अतिथि बास्तोलाले धिताल पोखराको नजिक रहेको र पर्यटनको दृष्टिकोणले धेरै महत्वपूर्ण गाउँ भएकोले उपयुक्त पर्यटन कृषि व्यवसायतर्फ ध्यान दिन आग्रह गरे।
उनले प्रदेश सदरमुकामसँग जोडिएको गाउँमा धेरै सम्भावना रहेकोले अब पिछडिएर बस्नु नपर्ने बताए।
माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष हरिश्चन्द्र ढु·ानाले पुख्यौर्ली आर्जनको रूपमा रहेको गाउँको जग्गालाई बाँझो नराख्न आग्रह गरे।
पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारीले समाजको आफ्नै भवन हुनुपर्नेमा जोड दिँदै आफू आर्थिक सहयोग गर्न समेत तत्पर रहेको जानकारी दिए।
कार्यक्रममा निवर्तमान अध्यक्ष मनोरथ सापकोटा, सल्लाहकारहरू रामचन्द्र गौतम, योगराज पौडेल, टेकनाथ गौतम, सहसचिव प्रेमनारायण अधिकारी, पूर्व शिक्षक कृष्णप्रसाद पौडेल, जयकोट धिताल महिला बचत तथा ऋण सहकारी संस्थाका अधयक्ष प्रभाकुमारी गौतम, कोषाध्यक्ष इन्दिराकुमारी ढुङगानाले समाजलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा सचिव सोमनाथ ढुङगानाले वाषिर्क प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मण पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
समाजका अध्यक्ष मोतीप्रसाद ढुङगानाको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद ढु·ानाले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रमको सञ्चालन सचिव सोमनाथ ढुङगानाले गरेका थिए।
यसैबीच, अधिवेशनले विष्णुप्रसाद ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमिति उपाध्यक्षमा लक्ष्मण पौडेल, सचिवमा सुनिल गौतम, कोषाध्यक्षमा प्रेमनारायण अधिकारी र सहसचिवमा बलराम अधिकारी चयन भए ।
सदस्य जगना गुरुङ, हरिकृष्ण पौडेल, अम्बरबहादुर क्षेत्री र रामकृष्ण ढुंगाना छन् ।
टेकनाथ गौतम संयोजक रहेको निर्वाचनमण्डल सदस्यमा खिमलाल अधिकारी र डिल्लीप्रसाद ढुंगाना थिए ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९