लेखनाथ, १२ साउन। लेखनाथ सामदायिक सेवा केन्द्र एवं प्रहरी सेवा केन्द्रद्वारा पोखरा २७, तालचोकमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको शुभारम्भ गर्दै वडाअध्यक्ष पूर्णकुमार गुरुङले स्थानीय सरकारको मुखमात्र नताकी आफ्नो घर आँगन आफै सफा गर्नुपर्ने सुझाव दिए । उनले कुहिने फोहर मलको रुपमा प्रयोग गरी करेसाबारीमा प्रयोग गर्न सकिने कुरामा जोड दिँदै नकुहिने फोहर पुनः प्रयोग गर्ने सकिने विचार राखेका थिए।
उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय हंसपुर मुकाम डाँडाकोनाकका प्रहरी उपरीक्षक विष्णुवरसिंह थापाले सरसफाइमा सबै जना सचेत र जागरुक हुँदै आफ्नो कारणबाट निस्िकएको फोहर स्वयंले अन्तिम टुंगो लगाउने हो भने यसप्रकारका सरसफाइ कार्यक्रम नै आवश्यक नपर्ने धारणा राखेका थिए।
संस्थाका अध्यक्ष ज्ञानेन्द्र बजगाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रमेश ओझा र संचालन सचिव त्रिलोचन लामिछानेले गरेका थिए ।
कार्यक्रमको उद्देश्यबारे संयोजक बुद्धिमाया थापामगरले जानकारी गराएकी थिइन्।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९