पोखरा, १० साउन। निरन्तर १३ महिनाको अभ्यासपछि पोखरा पालिखेचोकको मुआब्जा विवाद टुंगिएको छ । स्थानीय तहको चुनावपछि जनप्रतिनिधिले पदभार ग्रहण गरेसँगै पालिखेचोक फराकिलो पार्ने निर्णय गरिएकोमा मुआब्जामा कुरा नमिलेपछि समय लम्बिएको हो ।
जग्गाधनीमध्ये २ जनाले मुआब्जा बुझिसकेका छन् भने बाँकी २ जनाले पनि मुआब्जा बुझ्नका लागि निवेदन पेश गरेका छन् । प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको संयोजकत्वमा मुआब्जा निर्धारण समितिले असार ११ मा मुआब्जा टुंगाएको हो । मुआब्जा निर्धारण हुने वित्तिकै १५ दिने सूचना जारी गरी मुआब्जा बुझ्न बोलाइएको थियो । सूचनाको म्याद विहीवार सकिएको छ । सो मितिसम्म वसन्त उदास र प्रदीपशंकर पालिखेले मुआब्जा बुझेका हुन् । वसन्त उदासको नाममा सूचना जारी भए पनि सोही कित्तामा ३ जनाको संयुक्त लालपुर्जा रहेकोले उनीहरुको नाममा रकम निकासा गरिएको महानगरपालिकाले जनाएको छ । वसन्तसँगै दुधमान उदास, मिश्री उदासको नाममा मुआब्जा दिइएको महानगरका मेयर मानबहादुर जिसीले जानकारी दिए । उनका अनुसार किशोरादेवी श्रेष्ठ र कृष्णमान श्रेष्ठले मुआब्जाका लागि निवेदन दिएका छन् ।
समितिले मुआब्जा दिनुपर्ने जग्गाको मूल्य प्रतिवर्ग मिटर १ लाख २० हजार रुपैयाँका दरले तोकेको थियो । सोही अनुसार घरको मूल्य समेत थप गरी मुआब्जा वितरण गरिएको छ । जग्गामा मुआब्जा निर्धारण समितिले टुंगो लगाए पनि घरको हकमा चाहीँ शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पोखराले अध्ययन गरेर मुआब्जा टुंगाएको हो । जग्गाधनीमध्ये वसन्त उदासले घरजग्गा गरी कुल ७६ लाख ८३ हजार ५२ रुपैयाँ र प्रदीपशंकर पालिखेले ४५ लाख २४ हजार बुझेका छन् । किशोरादेवी श्रेष्ठको ७३ लाख १६ हजार र कृष्णमान श्रेष्ठको ६६ लाख ९६ हजार रुपैयाँ मुआब्जा छ । मुआब्जा बुझ्न बाँकी रहेकाको नयाँ खाता शुरु हुने वित्तिकै रकम उपलब्ध गराइने महानगरले जनाएको छ । वडा ३ मा रहेको वसन्तको ६०.६० वर्गमिटर, वडा ९ को किशोरीदेवीको ५४.१३ वर्गमिटर, कृष्णमानको ५०.४५ वर्गमिटर र प्रदीपको ३३.८० वर्गमिटर जग्गा अध्रि्रहण गरिएको हो ।
पालिखेचोकको १ सय ९९ वर्गमिटर जग्गा अध्रि्रहण गरिएको छ । मुआब्जाको सबै काम टुंगिएकोले जतिसक्दो छिटो बाटो चक्ल्याउने पोखरा ४ का अध्यक्ष शंकर बास्तोलाले बताए । ‘वडावासीको सहयोगबिना विकास सम्भव छैन । पालिखेचोकका नागरिक विकासप्रेमी छन् भन्ने प्रमाणित भएको छ,’ वडाध्यक्ष बास्तोलाले भने, ‘लामो समयदेखिको हाम्रो प्रयास सफल भयो । सहयोगी सबैलाई धन्यवाद ।’ मुआब्जा बुझिसकेकाको घर १० दिनभित्र हटाउने र बाँकी रहेकाको चाहीँ मुआब्जा बुझेको हप्तादिनभित्रै भत्काइने उनले जानकारी दिए । ‘विगत ४० वर्षदेखि पोखरेलीको भावनासँग जोडिएको काम सफल भएको छ । जनताले जनप्रतिनिधि आएको महसुस गरेका छन्,’ बास्तोलाले भने । मेयर मानबहादुर जिसीले पनि जतिसक्दो छिटो सडक फराकिलो बनाउने बताए । ४० वर्षदेखि पालिखेचोकमा मापदण्डले छुने संरचना हटाउने अभ्यास गरिए पनि सम्बन्धित निकाय पटक-पटक असफल भएको थियो । अहिले भने महानगरले मुआब्जा दिएरै मापदण्ड क्लीयर गर्ने काम गर्न लागेको हो । ‘पालिखेचोक हटाउने कुरा अहिलेको हैन । तर काम कसैले पनि आँट्न सकेनन्,’ मेयर जिसीले भने, ‘हामी निर्वाचित भएपछि पहिलो नजर नै पालिखेचोकमा थियो । धेरैको सहयोगपछि मुआब्जा टुंगिएर भत्काउने चरणमा पुगेका छौं ।’ सरकारले तोकेकै दररेटमा जग्गाधनीले मुआब्जा बुझेका हुन् । शुरुमा सही मूल्यांकन नभएको भन्दै मुआब्जा बुझ्न मानेका थिएनन् । तर पछि विकासका काममा अवरोध नगर्ने भन्दै सहज रुपमा मुआब्जा लिन तयार भएका हुन् । सडक फराकिलो बनाउन तत्कालै ४ वटा घर हटाउनुपर्छ । यसकै लागि गएको पुसमा युवा क्लबको भवन र चौतारो समेत भत्काइएको थियो ।
Related News
सम्बन्धित समाचार
लायन्स फेवा वेगनासमा टीका
एयरलायन्स फ्लाइटको एयरहोस्टेस प्रशिक्षण सुरु
धिमे बाजा प्रशिक्षण
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०