पोखरा, १० साउन। ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय पोखरा, फूलबारी शाखाको आयोजनामा पोखरामा विहीवारदेखि श्रीमद्भागवत् गीता सार एवं वैज्ञानिक प्रवचन शुरु भएको छ।
व्यक्तिगत, पारिवारिक र व्यावसायिक क्षेत्रमा सुखशान्ति, आनन्द र खुशीको अनुभूति गराउने उद्देश्यले प्रवचन कार्यक्रम आयोजना गरिएको ब्रहृमाकुमारी शोभाले बताइन् । उनले चिन्ता, तनाव, भय र असुरक्षा सृजित वर्तमान संसारका मानवमनको समाधानार्थ प्रवचनले सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।
प्रमुख अतिथि गण्डकी प्रदेश उपसभामुख सिर्जना शर्माले प्रवचन कार्यक्रम उद्घाटन गर्दै गीताको उपदेश वैज्ञानिक र व्यवहारिक रहेको औंल्याइन्। उपसभामुख शर्माले सिकेका कुरा जीवनमा उपयोग गर्न आग्रह गरिन्।
हरेकलाई शान्ति चाहिएको र सबैको लक्ष्य मानवकल्याण नै भएकाले कार्यक्रमबाट सबैको जीवनमा सुखशान्ति, आनन्दको अनुभूति हुने बताउँदै उनले कार्यक्रमको सफलताको शुभकामना दिइन् ।
ब्रम्हाकुमारी राजयोगिनी ब्रहृमाकुमारी अप्सराले श्रीमद्भागवत् गीताको महत्व आवश्यकता बताउँदै यसमा हरेक वर्गका मानिसको वर्ग समस्याको समाधान भएको र सफल जीवनको आधार भएको बताइन् ।
ब्रहृमाकुमारी शोभाले चिन्ता, तनाव, भय र असुरक्षाबाट सृजित वर्तमान संसारका मानव मनको समाधानमा प्रवचनले सहयोग पुर्याउने बताइन् ।
प्रवचनमार्फत आध्यात्मिक जागृति एवं स्वयंको सत्य पहिचान, तनाव व्यवस्थापन एवं आन्तरिक द्वन्द्वको निरुपण, सवोर्च्च शक्तिसँग सम्बन्ध र कर्मयोग, मनलाई नियन्त्रण गर्ने कला, कर्मको गहन गतिको जानकारी प्राप्त हुने आयोजकले जनाएको छ । गीताविज्ञ एवं वरिष्ठ राजयोग प्रशिक्षिका राजयोगिनी ब्रहृमाकुमारी अप्सराले प्रवचनमा सहजीकरण गरेकी छन् ।
कार्यक्रम संचालन ब्रहृमाकुमार शिशिर रेग्मीले गरेका थिए । प्रवचन पोखरा-११ स्थित रामेश्वर मन्दिरको सभाहलमा पाँचदिनसम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९