लमजुङ, १० साउन। लमजुङका कराँते खेलाडीले भारतको राजस्थान, जयपुरमा संचालन हुने थर्ड आइएमएएस् इन्टरनेश्नल कराँते च्याम्पियनसीप-२०१८ मा सहभागी हुने मौका पाएका छन्।
साउन १२ र १३ गते हुने सो प्रतियोगितामा सुन्दरबजार नगरपालिका भोटेओडारस्थित मस्र्याङदी कराँते डोजोका ८ जना खेलाडी भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन्।
उनीहरूमा विकास गुरुङ, विक्रम घले, प्रियन्स परियार, सुनिल घले, कबिन गुरुङ, लाप्साङ गुरुङ, सलिना सुनार, सुरस्वती गुरुङ भएको वडाध्यक्ष मोत्रि्रसाद गुरुङले बताए।
साथमा प्रशिक्षक पे्रेमबहादुर गुरुङ, अफिसियल दानबहादुर परियार र भक्तराज गुरुङ छन्।
त्यसतर्फ प्रस्थान गर्नुअघि सुन्दरबजार नगरपालिका- ९ को कार्यालयमा आयोजित बिदाइ समारोहमा उनीहरुलाई सफलताको शुभकामना सहित बिदाइ गरिएको थियो।
कार्यक्रममा वडाध्यक्ष मोत्रि्रसाद गुरुङले खेलको माध्यमबाट जिल्लालाई चिनाउनुपर्नेमा जोड दिए। ‘खेल खेल्नु राम्रो हो। यसले स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ’ उनले भने ।
सो कार्यक्रममा नगर सदस्य बुद्धकुमारी सुवर्णार, वडा सदस्य मानकृष्ण आचार्य, अमोल खनाल, भूपू सैनिक मावि भोटेओडारका निर्देशक खेम गुरुङ, ग्लोबल भिजन माविका प्रअ मेनबहादुर घले एवं अभिभावकले बिदाइ गरेका थिए।
खेलाडीले विभिन्न तौल तथा उमेर समूहकासँग प्रतिस्पर्धा गर्ने प्रशिक्षक प्रेमबहादुर गुरुङले जानकारी दिए। प्रतियोगितामा नेपाल लगायत भारत, इरान, माल्दिभ्स, भुटान लगायत ११ देशका खेलाडीले भाग लिने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो प्रदेश सरकार
शुभकामना गोल्डकप विजेतालाई ६ लाख
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९