The first touch of Sun’s light to the Mount “Machhapuchre” in the golden hour with the man in Silhouette.
पोखरा, ९ साउन। गण्डकी प्रदेशस्तरीय पर्यटनसम्बन्धी अनलाइन फोटो प्रतियोगितामा पर्यटकीय गतिविधिअन्तर्गत काठमाडौंका मेरिट महर्जनले खिचेको माछापुच्छ्रेको फोटो प्रथम भएको छ।
गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत असार १९ गते आह्वान गरेको प्रदेशस्तरीय सो प्रतियोगितामा उनले खिचेको कुमारी माछापुच्छ्र्रे हिमालको फोटो हुँदै पुरस्कारवापत नगद ३० हजारसहित प्रमाणपत्र जित्यो । एक सय १९ जनाले पर्यटकीय गतिविधिको प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा काठमाडौंकै देव डंगोलले धम्पुसमा खिचेको आकाश हेर्दै गरेको फोटो द्वितीय भयो। उनले नै खिचेको हिमालमा स्की गर्दै गरेको फोटो चौथो हुँदै पुरस्कार जित्यो। पुरस्कारवापत डंगोलले क्रमशः २० र १० हजार रुपैयाँ साथमा प्रमाणपत्र पाए। मुस्ताङमा घोडचडीको फोटो खिचेका पोखराका आदित्य चन्दले तृतीय हुँदै १५ हजार र प्रमाणपत्र पुरस्कार पाए।
त्यसैगरी, लण्डन बस्दै आएका गोलमान गुरुङले पर्वतको दुर्लुङमा खिचेको क्यानोनिङ गर्दै गरेको फोटो पाँचौ बन्यो। गोलमानलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको छ। त्यस्तै, गण्डकी प्रदेशले नै आयोजना गरेको पर्यटकीय गन्तव्य विधाको प्रतियोगितामा मनाङको ब्राका गाउँको फोटो प्रथम भयो। काठमाडौंका प्रकाश बुढाले खिचेको ब्राका गाउँको फोटोले प्रथम हुँदै नगद ३० हजारसहित प्रमाणपत्र जितेको छ।
तीन सय ३९ जनाले सहभागिता जनाएको प्रतिस्पर्धामा ललितपुरका उमिद शाक्यले खिचेको मुस्ताङ झारकोटको फोटो द्वितीय हुँदै २० पुरस्कार पायो। पोखराका गहेन्द्र गुरुङले खिचेको कास्की मादी गाउँपालिकास्थित कोरीगाउँको फोटो तृतीय हुँदै १५ हजार जितेको छ। काठमाडौंका शिरीष बिसीले खिचेको मनाङ फू गाउँको फोटो चौथो हुँदै १० हजार जितेको छ। पोखराका रोहित गिरीले पोखरा शान्ति स्तूपाको फोटोले पाँचौं स्थान प्राप्त गरेको छ। गण्डकी प्रदेशले साउनमाभित्रमा फोटो प्रदर्शनी गरेर विजेतालाई पुरस्कार वितरण गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो। प्रदर्शनीमा पुरस्कृत फोटोसहित दुवै विधाका उत्कृष्ट २५/२५ गरी कुल ५० वटा फोटो राखिने जनाइएको छ।
प्रतियोगिता निर्णायकमा उद्योग, वन तथा वातावरण मन्त्रालयका उपसचिव दिवाकर पौडेल, नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख सूर्य थपलिया, फोटो पत्रकार क्लब नेपालका अध्यक्ष विकास कार्की, फोटो पत्रकार क्लब नेपालका सदस्य विजय गजमेर र फोटो पत्रकार समूह पोखराका पूर्व अध्यक्ष कृष्णमणी बराल थिए।
पर्यटन प्रवर्द्धनका लागि फोटो संकलन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको गण्की प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रष्ट पारे।
अब गण्डकी प्रदेशले स्थानीय प्रोडक्टको फोटो फेमिङ गरेर चिनो निर्माण गर्ने बताए। मन्त्री लम्सालले भने, ‘यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास छ।’
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९