पोखरा, ९ साउन । आमरण अनसनरत् प्राडा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनको समर्थनमा पोखरामा हस्ताक्षर संकलन गरी बुधबार प्रधानमन्त्रीलाई पठाइएको छ ।
साउन ६ देखि तीनदिनसम्म पोखरा चिप्लेढुंगा क्षेत्रमा संकलित ७ हजार १ सय ५५ जनाको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्रीलाई पठाइएको नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले जानकारी दिए। सा क्रममा डा केसीको १५ औ पटकको अनसनको २६ औं दिन पुगी सक्दा पनि सरकारले गरेको बेवास्ताका कारण उनको नाजुक बन्दै गएको स्वास्थ्य स्थित्रि्रति गम्भीर ध्यानाकर्षण जनाउँदै ज्ञापनपत्र समेत बुझाइयो ।
नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले प्रजिअ तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाए भने राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष एवं नागरिक समाजका निवर्तमान संयोजक रामबहादुर पौडेल, युथ नर्स सञ्जाल नेपाल, पोखराका संरक्षक जीता बराल, चिकित्सक संघ, गण्डकी शाखाका अध्यक्ष डा निर्मल लामिछाने तथा सामाजिक अभियन्ता पवित्रा जिसी, शिवप्रसाद बास्तोला, तीर्थमाया गुरुङले झण्डै ४० मिटर लामो कपडामा संकलित हस्ताक्षर प्रजिअलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।
सो क्रममा अभियन्ता रामबहादुर पौडेलले माथेमा आयोगको प्रतिवेदन लागू गर्न गरिएको सत्याग्रहको अविलम्ब सम्बोधन गरी डा केसीको जीवनरक्षाको माग गरे। प्रजिअ अधिकारीले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने प्रतिबद्धता जनाएका थिए । संकलित हस्ताक्षरमा अधिकांश किशोरकिशोरीको हस्ताक्षर रहेको अभियन्ता शशी तुलाचनले बताइन् ।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
प्याराग्लाइडिङबाटै टुरिजमपाना विमोचन
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९