हेमजा साहित्य प्रतिष्ठानको सम्मान

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७५
hemja photo (1)

हेमजा, ९ साउन। हेमजा साहित्य प्रतिष्ठानको १९ औं स्थापना दिवस, साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा समाजमा बोक्सी कुप्रथाविरुद्घ सचेतना फैलाएको भन्दै प्रतिष्ठानका संस्थापक सचिव एवं मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष कोविदशरण उपाध्याय तथा प्रतिष्ठानको नियमित मासिक श्रृंखला शुभप्रभात काव्यमालामा बढी सहभागिता जनाएकोमा गोविन्दप्रसाद पराजुली, विष्णुप्रसाद पराजुली र बलराम पौडेललाई सम्मान गरियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले प्रतिष्ठानको अधिवेशन चाँडो गर्न माग समेत गरेका छन्।

प्रमुख अतिथि लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले हेमजा साहित्य प्रतिष्ठानका गतिविधिको प्रशंसा गर्दै प्रतिष्ठानले वाषिर्क रुपमा ‘हिमशिखर’ प्रकाशन गरेर नेपाली साहित्यमा क्रान्ति ल्याएको बताए।

ढकालले राजनैतिक, सामाजिक र सांस्कृतिक विकृतिले नेपाली समाज पछाडि परेको चर्चा गर्दै पछाडि परेको समाजलाई आफूहरुले साहित्य मार्फत अगाडि बढाउन खोजेको दाबी पनि गरे।

संस्थापक अध्यक्ष महाकाव्यकार जर्नादनशरण त्रिपाठीले रजत जयन्तीको संघारमा रहेको प्रतिष्ठान निकै परिपक्व हुनुपर्नेमा जोड दिँदै अब प्रतिष्ठानको अधिवेशन ढिला गर्न नहुने तर्क राखे।

वडा नागरिक मञ्चकी संयोजक रमा त्रिपाठीले प्रतिष्ठानले अनुज पुस्तालाई साहित्यप्रति आकर्षण गर्न सफल भएको दाबी गर्दै प्रतिष्ठानले चाँडो अधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएकी थिइन्। सम्मानित व्यक्तित्व कोविदशरण उपाध्यायले सम्मानले आफूलाई हैसला थपेको दावी गर्दै प्रतिष्ष्ठानलाई प्रदेशस्तरीय साहित्यीक संस्था बनाउन सबै सरोकारवालाले पहल गर्नुपर्नेमा जोड दिए। प्रतिष्ठानको अधिवेशन चाँडो गर्नुपर्ने भन्दै उपाध्यायले ५० हजार १ सय रुपैयाँको अक्षयकोश खडा गर्ने घोषणा समेत गरेका छन्।

समाजसेवी शोभाकर भण्डारीले प्रतिष्ठान स्थापनाका लागि आफूले पनि भूमिका खेलेको स्मरण गरे। आजीवन सदस्य टेकनाथ गौतमले प्रतिष्ठानका गतिविधि सराह्रनीय रहेको स्मरण गर्दै अक्षयकोशका लागि  २५ हजारको चेक हस्तान्तरण गरे।  त्यस्तै सल्लाहकार महाकाव्यकार शंकरमणि त्रिपाठीले प्रतिष्ठानले सम्मानको मापदण्ड निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रमबीच प्रतिष्ठानका प्रतिनिधि इमनाथ पौडेल र सुनिल गायकले सम्मानित व्यक्तिहरुको परिचय राखेका थिए। त्यस अवसरमा सीता लामिछाने, धर्मराज पौडेल, भगवती पौडेल, आरती अधिकारी, शिव त्रिपाठी, सर्वज्ञ श्रेष्ठ, सूर्य खड्का बिखर्ची, गोविन्द पराजुली, विष्णु पराजुली, प्रमुख अतिथि ढकाल, वसन्त बास्तोला लगायतले रचनावाचन गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत तथा सचिव प्रकाश त्रिपाठी विवशले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width